कुल्फीवाला मनकुमारको ‘आयो कुल्फी आयो’ गीत सार्वजनिक (भिडियो सहित)

42 Hits

काठमाडौं । कुल्फीवाला उपनामले सामाजिक सञ्जालमा भाईरल भएका मनकुमार बाहिङ राई ‘कुल्फीवाला’को ‘आयो कुल्फी आयो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । तक्मेबुढा डटकम युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको म्युजिक भिडियोमा ‘कुल्फीवाला’ मनकुमारले नै अभिनय गरेका छन् । उनलाई अभिनयमा साथ दिएका छन्, चर्चित हास्य कलाकार विल्सनविक्रम राई ‘तम्मेबुढा’ले ।

काठमाडौंको नयाँबस्ती, बौद्ध, गौरीघाट र जोरपाटीका चोक र गल्लीहरुमा ‘आयो कुल्फी आयो, हाँस्न पनि पाउने, नाँच्न पनि पाउने, बिक्रि भयो भने पैसा पनि आउने’ भन्दै गाउँदै र नाँच्दै कुल्फी बेच्दै हिड्ने मनकुमार राईलाई म्युजिक भिडियोमा देखिन थालेको हो । ‘कुल्फीवाला’ राईलाई अब म्युजिक भिडियोमा मात्र होइन, ब्ल्याकहर्स सुजको विज्ञापनमा समेत जुत्ता लगाएर गाउँदै र नाँच्दै कुल्फी बेचेको हेर्न सकिने छ ।

गीतलाई कुल्फीवाला र तक्मेबुढा दुवैले गाएका छन् । एरेञ्ज धिरज श्रेष्ठलेको रहेको छ । शब्दरचना पनि कुल्फीवाला र तक्मेबुढाले नै गरेका छन् । म्युजिक भिडियोको निर्देशन तक्मेबुढाले गरेका छन् । उनको म्युजिक भिडियोमा अभिनय, नाँच र आवाजलाई सबैले मन पराएको प्रतिक्रिया दिएका छन् ।

-भिडियो

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी