नेपाली फुटबल टोलीका प्रशिक्षक कोजी बर्खास्त

98 Hits

काठमाडौं,७ भदौ।  नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक ग्यातुकी कोजीलाई जिम्मेवारीबाट बर्खास्त गरेको छ ।

मंगलबार बसेको एन्फाको बैठकले जापानी नागरिक कोजीलाई पदमुक्र गरेको हो । अहिले कोजीको ठाउँमा बालगोपाल मर्हजनलाई जिम्मेवारी दिइएको छ ।

पर्यटक भिसामा आएर श्रम स्वीकृतिबिनै सन् २०१६ देखि प्रशिक्षकको रूपमा काम गर्दै आएका कोजीलाई अध्यागमन विभागले नेपाल प्रवेशमा प्रतिबन्ध लगाएपछि उनी नेपाल आउन नपाउने भएका हुन् । यसअघि कोजी एसियन खेलकुदका लागि नेपाली टोलीको नेतृत्व लिएर इन्डोनेसिया पुगेका थिए ।

नेपालको कानुनअनुसार पर्यटक भिसामा आएका व्यक्ति १ सय ५० दिन कटेपछि नेपालमा रहन पाउँदैनन् । अझ यहाँ रहेर काम गर्न श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

कोजीलाई जिम्मेवारीबाट हटाइएको एन्पाmले जनाएको छ । ‘कोजीको नेपाल प्रवेशमा भिषा समस्या भएका कारण उनलाई प्रशिक्षको जिम्मेवारीबाट अलग गरिएको हो,’ एन्फाका प्रवक्ता किरण राईले भने ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी