बिमस्टेक बैठकमा उपत्यकाका सडकमा जोर/ बिजोर प्रणाली प्रस्ताब

72 Hits

काठमाडौं– आगामी साता काठमाडौंमा हुन लागेको बिमस्टेक बैठकमा उपत्यकाको सडकमा जोर बिजोर प्रणाली लागू गर्ने प्रस्ताव ट्राफिक महाशाखाले गरेको छ। भिभिआइपीहरुको सवारी व्यवस्थापन गर्न जोर बिजोर प्रणाली लागू गर्न लागिएको हो।

चार वर्षअघि काठमाडौंमा भएको सार्क सम्मेलनमा पनि जोर बिजोर प्रणाली लागू गरिएको थियो।

त्यस्तै २ दिन सार्वजनिक विदा दिनेबारे समेत छलफल अघि बढेको छ। १४ र १५ गते सार्वजनिक विदा दिने प्रस्ताव अघि बढेको हो। स्कुलहरु थप केही दिन विदा हुनसक्ने सम्भावना छ। यी विषयहरु हालसम्म छलफलकै क्रममा छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्त पन्त बिमस्टेक सम्मेलनको क्रममा जनतालाई पनि धेरै दुःख नहुने र पाहुनाहरुको पनि सहज हुने गरी व्यवस्थापनको योजनाबारे छलफल भइरहेको बताउँछन्।

त्यस्तै, पाहुनालाई पाटन पनि घुमाउन लैजाने योजना  बनेको छ।  पाटनको सवारीको क्रममा सडक नै खाली गर्नुपर्ने हुन्छ। त्यस्तै, राष्ट्रपतिसँग समेत छुट्टाछुट्टै भेट हुने भएकाले सार्वजनिक विदा दिएरै सडक व्यवस्थापन सहज बनाउन लागिएको हो।

त्यसै त जाम हुने काठमाडौंमा दिनमा पटक पटक रुट खाली गराएर ट्राफिक व्यवस्थापन गर्न धेरै गाह्रो हुने भएकाले सार्वजनिक विदा नै उपयुक्त हुने सुरक्षा अधिकारीहरुको सिफारिस छ।
सम्मेलनमा आउनेमध्ये श्रीलंकाका राष्ट्रपति सिरिसेना र म्यानमारका राष्ट्रपति माइन्टको भ्रमण द्धिवपक्षीय समेत हुने  छ।  उनीहरुको भ्रमण केही दिन लामो हुने छ। सरकारले टुँडिखेलमा उनीहरुलाई  ‘गार्ड अफ अरर’ समेत दिने छ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी