राउटेले पहिलो पटक समयमै भत्ता पाए

43 Hits

दैलेख-राउटेले पहिलो पटक समयमै भत्ता पाएका छन् । गत साता गुराँस गाउँपालिकाले राउटेलाई भत्ता उपलब्ध गराएको हो । गाउँपालिकाका अध्यक्ष खेमराज ओलीसँग उनीहरुले समयमै भत्ता उपलब्ध गराउन माग गर्दै आएका थिए । गुराँस गाउँपालिका–८ गर्चास्थित पातले खोला किनारमा बसोबास गर्दै आएको राउटे समुदायलाई गाउँपालिकाले प्रतिव्यक्ति रु दुई हजारका दरले भत्ता उपलब्ध गराएको हो ।

राउटे समुदायका १५२ जनालाई सामाजिक सुरक्षा भत्ताबापत जनही रु दुई हजारका दरले रकम वितरण गरिएको अध्यक्ष ओलीले जानकारी दिनुभयो । “गाउँपालिकाले राउटेलाई पहिलो पटक मासिक भत्ता उपलब्ध गराएको हो,” उहाँले भन्नुभयो । फिरन्ते शैलीमा जीवनयापन गर्दै आएको राउटे समुदायलाई गाउँपालिकाले गत असार ३० गते परिचयपत्र वितरण गरेको थियो । परिचयपत्र वितरण गरेसँगै साउन महिनाको भत्ता उपलब्ध गराएको अध्यक्ष ओलीले बताउनुभयो ।

“सरकारलाई धन्यवाद छ, हामीले मासिक भत्ता पाउन थाल्यौँ,” राउटे मुखिया सूर्यनारायण शाहीले भन्नुभयो, “अब मेरा जनता खुशी हुने भए ।” खानेकुराको जोहो गर्न खर्च नहुँदा उधारोमा काम चलाएको उहाँले सुनाउनुभयो । “यो भत्ता पहिलाको उधारो तिर्नमै ठिक्क हुन्छ,” उहाँले भन्नुभयो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी