कार्यालय सहयोगीको हत्या

59 Hits

बैतडी- दार्चुलाको मार्मामा स्वास्थ्यचौकीमा कार्यरत कार्यालय सहयोगीको हत्या भएको छ । मार्मा गाउँपालिका–१ घोल्जर घर भई गुल्जर स्वास्थ्यचौकीमा कार्यरत ४६ वर्षीय अंगवीरसिंह ठगुन्नाको मङ्गलबार हत्या भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी दिनुभयो । ठगुन्नाको घरमै हत्या भएको थियो । प्रहरी टोली घटनास्थलमा पुगेको छ ।

ठगुन्नाको साथमा रहेको रु १० लाखसमेत हत्याराले लुटेर लगेको स्थानीयवासी दिनेश सिंहले जानकारी दिनुभयो । घरमा एक्लै सुतिरहेका अवस्थामा उनको हत्या गरिएको छ । उनको टाउकोमा घाउ छ । ठगुन्नाका श्रीमती र छोरा तराइतिर बस्दै आएका छन् । घरमा पठाउनका लागि जम्मा गरेको रु १० लाखकै कारण ठगुन्नाको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर, इलाका प्रहरी कार्यालय लटिनाथ र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी