ट्याक्सी चालकलाई अब पहेँलो ज्याकेट अनिवार्य !

112 Hits

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार  बाट ट्याक्सी चाकलले अनिवार्य रुपमा पहेँलो ‘फ्लोरेसेन्ट’ ज्याकेट लगाउनुपर्ने भएको छ ।

चालकको कोडको रुपमा पहेँलो रंगको ‘फ्लोरेसेन्ट’ ज्याकेटलाई सरोकारवाला निकायको समन्वयमा आजदेखि प्रयोगमा ल्याइएको हो । यो ज्याकेट रातिको समयमा पनि चम्किने र यसले यात्रुको सुरक्षा, चालकको पहिचान र अपराध न्युनिकरणमा पनि सहयोग पुग्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्तकुमार पन्तले बताए ।

एसएसपी पन्तका अनुसार चालकको पहिचान झल्किने गरी ट्याक्सी व्यवसायी संघको सहकार्यमा ड्रेसको सट्टा ज्याकेट लगाउनुपर्ने व्यवस्था गरिएको हो । बुधबार सुन्धारामा ५ सय ट्याक्सी चालकलाई ज्याकेट वितरण गरिएको छ । संघले व्यवस्था गरेको ज्याकेट ट्याक्सी चालकले खरिद गर्नुपर्नेछ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी