ट्रम्पका वकिलले नै उनी तर्फ औँला तेर्स्याए, भने–धुर्त ट्रम्प

153 Hits

एजेन्सी-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समस्यामा पर्ने देखिएको छ । राष्ट्रपति ट्रम्पका पूर्व वकिल माइकल कोहेन चुनावी अभियानको आर्थिक व्यवस्थापन गर्ने सम्बन्धी कानुन उल्लंघन गरेकोमा दोषी पाइएका छन् र उनले औँला राष्ट्रपति ट्रम्प तर्फ तेर्स्याएका छन् ।

सन् २०१६ को राष्ट्रपति चुनावमा भएको अनियमितता र रुसी दखलका बारेमा अनुसन्धान भइरहेका बेला म्यानहटनको अदालतले कोहेनलाई चुनावी अभियानको आर्थिक व्यवस्थापन सम्बन्धी कानुन उल्लंघन गरेकोमा दोषी ठहर गरेको हो ।

दोषी ठहर भएका वकिल कोहेनले आफूले ‘उम्मेदवार’ को निर्देशनमा त्यसो गरेको बताएका छन् । उम्मेदवार भनेर उनले राष्ट्रपति ट्रम्प तर्फ औँला तेर्स्याएका हुन् ।

ट्रम्पले चुनावलाई प्रभावित पार्ने उद्देश्यसहित आफूलाई आर्थिक व्यवस्थापन सम्बन्धी कानुनमा भएको उल्लंघन ‘कभर–अप’ गर्न निर्देशन दिएको कोहेनले बताएको अमेरिकी टेलिभिजन सिएनएनले जनाएको छ ।

ट्रम्पले आफ्ना विभिन्न प्रेमिका तथा यौन साथीहरुलाई ठूलो रकम दिएको आरोप छ । कोहेनले ती सबै घटनाको ढाकछोप गरेका छन् । ५१ वर्षका कोहेन कर तथा बैंक छलीसहित ८ आरोपमा दोषी पाइएका छन् ।

राष्ट्रपति ट्रम्पले स्थानीय समय अनुसार मंगलबार बेलुका कोहेनसँग सम्बन्धित प्रश्नको जवाफ दिएनन् । उनी पहिले नै तय भएको र्‍यालीका लागि मंगलबार बेलुका वेष्ट भर्जिनिया पुगेका थिए ।

त्यहाँ पत्रकारले कोहेनसँग सम्बन्धित प्रश्न गरेका थिए, तर ट्रम्पले त्यसलाई बेवास्ता गरे । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले पनि यो विषयमा अहिलेसम्म केही बोलेको छैन

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी