छोरीको नाम एसियन गेम्स राखे एक दम्पतीले

74 Hits

काठमाडौं,६ भदौ। इन्डोनेसियामा अहिले १८ औँ एसियाली खेलकुद प्रतियोगिता, एसियाड भइरहेको छ । विशेष गरी इन्डोनेसियामा यसको रौनक राम्रोसँग चढेको छ । यहि बिचमा एक सम्पतीले आफ्नी छोरीको नाम नै एसियन गेम्स राखेका छन् ।

एक महिनाअघि जन्मिएकी आफ्नो छोरी एबाइडाको नाम एसियन गेम्स राखेका छन् । पालेम्बाङ्गका योर्दानिए डेनी र उनीकी श्रीमतीले छोरीको पछिल्लो नाम एसियन गेम्स राखेका हुन् ।

योर्दानिएले भने, ‘हामीसँग छोरीको पहिलो नाम थियो तर पछिल्लो नाम थिएन, बिरलै हुने प्रतियोगितालाई नै हामीले रोजेका छौँ ।’

आफ्नै शहरमा पनि प्रतियोगिता भइरहेकाले त्यसलाई आफ्नी छोरीको नामसँग जोड्न पाउँदा खुशी रहेको उनले बताएका छन् । उनीहरुकी छोरीको नाम एबाइडा एसियन गेम्स भएको छ । -एजेन्सी

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी