ईदकाे शुभकामना दिँदै नेकपा अध्यक्ष प्रचण्डले भने- सबैकाे साझा प्रयासबाट विकास

126 Hits

काठमाडौं, ६ भदौ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मुस्लिम समुदायको महान् चाड इद उल जोहा (बकर इद)को अवसरमा शुभकामना दिँदै सबैकाे साझा प्रयासबाट मुलुककाे विकास सम्भव हुने बताएका छन् ।

इद पर्वकाे अवसरमा बुधबार एक शुभकामना बक्तव्य जारी गर्दै प्रचण्डले  देश तथा बिदेशमा रहेका सम्पूर्ण नेपाली मुस्लिम समुदायलाई शुभकामना दिएका छन् ।

यो पर्वले नेपाली समाज बहुभाषिक, बहुसांस्कृतिक, अनेक धर्मसँगको सामिप्यता र सम्मानजनक सामाजिक उपस्थितिमा विश्वास गर्ने सन्देश दिएको उने बताए । प्रचण्डले भने, ‘देशको यही विविधता भित्रको एकता नै नेपाल र नेपालीको पहिचान र विशेषता हो । हामी आर्थिक समृद्धिको चरणमा छौं ।

लामो समयको प्रतिक्षा पश्चात देशमा आर्थिक समृद्धिको आधारका रुपमा स्थायी सरकार बनेको छ । सबै जाति, क्षेत्र, लिङ्ग र समुदायहरुको साझा प्रयासबाट नै देशको आर्थिक विकास सम्भव छ ।’

मुस्लिम समुदायको यो पर्वले नेपाली जनसमुदायमा आपसी भातृत्व, मित्रता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गरी देशलाई आर्थिक समृद्धिमा लैजान सबैमा प्रेरणा मिल्नेमा आशावादी रहेको उनले बताए । प्रचण्डले पर्वको अवसरमा सम्पूर्ण नेपाली मुस्लिम जनसमुदायको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

Loading...

Related News

जनयुद्द र शान्तिका नेता प्रचण्डकाे चिनमा विश्व शान्तिबारे पत्रकार सम्मेलन

काठमाडाैं, २ असाेज । नेपालकाे १० वर्षे सशस्त्र जनयुद्ध र शान्ति प्रकृयाकाे समेत नेतृत्व गरेका नेकपा अध्यक्ष प्रचण्डले चिनमा समेत…

नेकपा अध्यक्ष प्रचण्ड चिन प्रस्थान, दुई पार्टीको सम्बन्ध विस्तार मुख्य एजेन्डा

काठमाडौं, ३० भदौ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उत्तरी छिमेकी मित्रराष्ट्र चिनकाे भ्रमणमा निस्कीएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी