राेकीयाे कर्मचारी समायाेजन, यस्तो छ कारण

97 Hits

काठमाडौं, ६ भदौ ।

अन्ततः बहुचर्चित  कर्मचारी समायाेजन प्रक्रिया राेकिएकाे छ । संघियता लागू भएपछि  स्थानिय तहमा कर्मचारी अभाव पूर्ती गर्नकाे लागि अचुक हतियारकाे रूपमा चर्चा गरिएकाे समायाेजन किन राेकियाे ?

ऐन अभावमा सरकारले कर्मचारी समायोजन प्रक्रिया रोकेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

सरकारले हाल संघीय निजामती सेवा विधेयक संसद्मा पेस गर्ने तयारी गरिरहेको छ । सो विधयेक पारित नभएसम्म कर्मचारी समायोजन प्रक्रिया अघि नबढ्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

समाचारमा लेखिएको छ, मन्त्रालयका अनुसार सो विधयेक मन्त्रिपरिषद्बबाट संसदमा लग्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

मन्त्रालयले यसअघि साउनको दोस्रो सातादेखि कर्मचारी समायोजनका प्रक्रिया रोकेको थियो ।

यसअघि मन्त्रालयले साउन दोस्रो साताबाट संघ, प्रदेश र स्थानीय तहमा समायोजना प्रक्रिया अघि बढाउने जनाएको थियो । तर भदौं पहिलो सातासम्म समायोजनका प्रक्रियाको कुनै काम अघि बढेको छैन ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी