गरे के हुदैन ? पाइपबाट ग्याँस जोड्ने कुरा अब सपना रहेन !

152 Hits


काठमाण्डौं, ५ भदौ घर घरमा पाइपबाट ग्याँस जोड्ने कुरालाई केही समयअघि सम्म हाँसोको रुपमा लिइए पनि विराटनगरको जतुवामा भने जैविक ग्याँस पाइपबाट घर घरमा पुगेको छ । विराटनगर वडा नं. १४ को जितुवामा आज प्रधानमन्त्री केपि शर्मा ओलिले औपचारिक रुपमा घर घरमा पाइपबाट ग्याँस पु¥याउने अभियानको उद्घाटन गरेका छन् ।
विराटनगरको वडा नं. १४ स्थित जितुवा भन्ने स्थानमा रहेको श्री कृष्ण गौसेवा सदनमा निर्मित जैविक ग्याँसलाई पाइपबाट घर घरमा पु¥याइएको हो । पहिलो चरणमा सदनले ३२ घरका लागि पाइप जोडेको छ भने यसले आगामी दिनमा १०० घरलाई ग्याँस दिने लक्ष्य बनाएको छ । उक्त सदनमा २०५ गाइ छन् घने दैनिक सरदर २ हजार केजि गोबर जैविक ग्याँस उत्पादनमा प्रयोग हुने गरेको छ । सदनबाट उत्पादित ग्याँस बजारमा पाइने एल पि ग्याँस भन्दा तिन सय रुपैयाँ सस्तो रहेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी