मेलम्चीको काम समयमै नसकिए कठोर निर्णय लिन्छु- मन्त्री, बिना मगर

76 Hits

काठमाडौं,५ भदौ। खानेपानी तथा सरसफाईमन्त्री बिना मगरले निर्धारित समयभित्र मेलम्ची आयोजना सम्पन्न नगरे ठेकेदार कम्पनिमाथि कठोर निर्णय लिने बताएकी छिन् ।

सिएमसी कम्पनिको इटाली हेडक्वार्टरबाट आएका प्रतिनिधि र मेलम्चीको जिम्मा लिएका ठेकेदारहरु राखेर मन्त्री मगरले भनिन्, ‘नेपाल सरकारले आफ्नो दायित्व पूरा गरेको छ । तपाईहरुलाई दिनुपर्ने भुक्तानी समयमा दिएको छ । सम्झौतामा भएका बुँदाहरु हुबहु पालना गरेको छ । तपाईहरुले नेपाल सरकारसँग जुन सम्झौता गर्नुभएको छ, त्यहीअनुसार समयमा काम सक्नुपर्छ ।’

यसअघि ठेकेदार कम्पनीकै मुख्यालयका उच्च प्रतिनिधिसँग भएको छलफलमा दशैंअघि मेलम्चीको पानी सुन्दरीजलसम्म पु¥याउने सहमति भएको थियो ।

मेलम्ची खानेपानी आयोजनाको निरीक्षण गर्न मेलम्ची परियोजनाको साइटमा पुगेकी मन्त्री मगरले आयोजनाको ठेक्का लिएको ठेकेदार कम्पनि (सिएमसी) को हेर्डक्वार्टरबाट आएका प्रतिनिधिसँगको बैठकमा समयमा काम नसके ठेकेदार कम्पनिमाथि कठोर कदम चाल्ने चेतावनी दिएकी हुन् ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी