मोवाइल : ‘डिजिटल ड्रग’!

176 Hits
 

तपाईंका साना बालबच्चा छन् ? बालबच्चाको हेरचाह कसरी गर्नुहुन्छ? आफ्नो व्यस्त दैनिकीसँग जुँध्दै गर्दा तपाईंले आफ्ना नानीबाबुको रेखदेखका लागि मोबाइलको प्रयोग बढी प्रयोग त गर्नुभएको छैन्?

अहिले बालबालिकाहरु मोबाइल बिना कुनै काम नगर्ने भन्दै अड्डी कस्ने गर्दछन् । त्यसलाई व्यवस्थापन गर्नु सबै अभिभावकको काम हो । हुन पनि मोबाइलमा उनीहरुले मनपराउने कार्टुन मन लगाएर हेर्छन । साना बालबालिकालाई नै लक्षित गरेर ‘चुचु’ अनलाइन टिभी पनि सञ्चालनमा छ । यसको लत बालबालिकाका लागि सबैभन्दा खतरनाक बनेको बालचिकित्सकहरुको भनाई छ ।

बालबालिकाको मोवाइल मोहलाई डिजिटल ड्रगको रूपमा पनि व्याख्या गरिएको पाइन्छ ।  मोबाइल फोनको शिकार स–साना २/३ वर्षमा नानी–बाबुदेखि स्कुल जाने बालबालिका ग्रसित पारेको छ। अझ कक्षा ९ देखि १२ सम्मकाहरूका लागि त खानपिउन कै साटो मोबाइल चाहिन्छ ।

मोबाइलमा गेम तथा फोटो उपलोड उनीहरूको ध्येय हुन्छ। यस वर्गको हातमा मोबाइल त हुन्छ तर, यसको सही प्रयोगको भने ज्ञान हुदैन। ‘भर्चुअल’ रूपमा नजिकिए पनि मानिससँगको सामिप्गतालाई घटाएको छ।

हालसम्म, मोबाइल कै कारण हत्या, आत्महत्यालगायतका घटना र साइबर क्राइमका घटना धेरै सुन्ने गरिन्छ । यो असर साना बालबालिकमा पनि पर्नेगर्दछ भन्ने सन्देश दिने घटना घटेको छ भारतकोभोपालमा ।

कक्षा नौ मा अध्ययनरत : १४ वर्षिया एक किशोरीले आत्म–हत्या गरेकी छन्। उनले  मोबाइलमा धेरै समयसम्म गेम खेलेकोमा आमाबाट गाली खाएकी थिइन् ।
गाली पछि उनीले आमालाई घुर्कयाउँदै फाँसी लगाउने धम्म्याएमी थिइन् । उनी कोठा थुनेर फाँसी लगाएकी थिइन् ।

आमाबाबु दुवैले घुक्र्याएको मान्दै हेक्का राखेन् ‘हामीले बच्चा हो यतिकै घुक्र्याएकी होलिन् भन्ठान्यौँ, यस्तो होला भन्ने सोच नै भएन ।

केही समय अघि  २२ जुलाईमा मात्र उनको  १४ औँ जन्म दिन मनाएको थियो। मृतक किशोरीका मातापिताले, उनीहरूको बच्चाहरूलाई आफ्नो सिमामा राखेर मात्र मोबाइल  चलाउन दिनु पर्ने र सही र गलत छुट्याउन सिकाउन अपिल गरेका छन्।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी