कुल्फीवाला मनकुमार, तक्मेबुढासँग विज्ञापनमा खेल्दै

197 Hits

काठमाडौं । कुल्फीवाला उपनामले सामाजिक सञ्जालमा भाईरल भएका मनकुमार राई तक्मेबुढा (विल्सनविक्रम राई)सँगै विज्ञापनमा अभिनय गर्ने भएका छन् । ब्ल्याकहर्स सुजको विज्ञापनमा अभिनय गरेका तक्मेबुढाले मनकुमारको लगनशीलतालाई देखेर सँगै विज्ञापनमा खेल्न अनुरोध गरेका हुन् ।

गीत गाउँदै, नाँच्दै जाडो याममा बदाम र गर्मी याममा कुल्फी बेच्दै हिडेका मनकुमारको भिडियो एकाएक सामाजिक सञ्जालमा भाईरल भएपछि उनलाई विज्ञापनमा अभिनय गराउन तक्मेबुढा तम्सिएका हुन् । मेरो अनलाईन टिभी युट्युब च्यानलको कुराकानीमा सँगै देखिएका कुल्फीवाला र तक्मेबुढाले चाँडै ब्ल्याकहर्स सुजको विज्ञापनमा अभिनय गर्ने बताएका थिए ।
कुल्फीवाला मनकुमारलाई तक्मेबुढालेनै नागरिकता बनाउन पठाएको रहस्य खुलाएका छन् । उनलाई विज्ञापनमा अभिनय गराउनुअघि सम्झौतापत्रमा हस्ताक्षर गर्दा नेपाली नागरिकताको प्रतिलिपी चाहिने भएकाले नागरिकता बनाउन पठाएको तक्मेबुढाले बताए । कुल्फीवाला मनकुमार अहिले काठमाडौंमा चर्चित कलाकारहरुसँग भेटघाटमा व्यस्त छन् । अहिलेसम्म उनले बुद्धि तामाङ ‘हनुमाने’ र रजनी गुरुङ ‘मंगली’ लाई भेटेर कुल्फी डान्समा छमछमी नचाई सकेका छन् । नागरिकता बनाउन हौसला, आर्थिक सहयोग दिने हङकङका कविता गुरुङ र विमला राईलाई जीवनमा कहिल्यै नभुल्ने पनि कुल्फीवाला राईले बताए । विगतलाई सम्झदा भावुक भएका राईले कुनै न कुनै काम निरन्तर रुपमा गरिरहन सबैलाई आग्रह गरेका छन् । उनले आङसाङ सूकीको भनाई उदृत गर्दै भने, ‘तिमीले केहि गर्यो भने केहि पाउँनेछौ, तर केहि गरेनौं भने केहि पनि पाउँदैनौं ।’

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी