छोरालाई ७० वर्षपछि भेट्दा…

110 Hits

      काठमाडौं,५ भदौ।  पाको उमेरका दक्षिण कोरियाली नागरिकको एक समूहले बिछोड भएको सात दशकपछि उत्तर कोरियाका आफन्त भेटेका छन्। उत्तर कोरिया रिसोर्टमा हरेक तीन वर्षमा हुँने तीनदिने पुनर्मिलन कार्यक्रममा आमाबाबाले दशकौँ पछि आफ्नो सन्तानलाई देखेका, भेटेका छन्।

९२ वर्षकी लि केम सिओम दक्षिण कोरियाबाट ७२ वर्षका छोरा लि सुङ च्यूअललाई भेट्न आतुरीको साथ आइन्। गएको ७० वर्षमा उनको छोरासँग पहिलो भेट थियो।

आमाको आँशु– दक्षिण कोरियाली ९२ वर्षे लि केम सिओमले ७२ वर्षका उत्तर कोरियाली छोरा लि सुङ च्यूअल ६८ वर्षपछि पहिलो पटक भेटिन्।

अन्त्यमा मिसेस लि र उनका छोराले एकले अर्कालाई हेर्न पाए। उनी र उनको नाबालक छोरी ७० वर्ष अघि छोरा च्यूअल र श्रीमान्सँग बिछडिएकी थिइन्। त्यतिबेला च्यूअल जम्मा ४ वर्षका थिए।

भावुक– मिसेस लि र उनका छोराले एक अर्कालाई त्यो बेला देखेका थिए, जति बेला छोरा ४ वर्षका मात्र थिए। उत्तर कोरियाबाट भाग्न खोज्दा उनी छुटेका थिए।

‘मैले यो दिन आउँछ भन्ने कल्पना पनि गरेको थिइन्,’ मिसेस लि आँशु बगाउँदै भनिन्, ‘मलाई उ जिउँदै छ अथवा बितिसक्यो भन्ने पनि थाहा थिएन।’

आँशु – मिसेस लिले भनेकी थिइन्, ‘उनलाई छोरा जिउँदै छन् भन्ने बारेमा केहि जानकारी थिएन। ७२ वर्ष भएपछि बल्ल थाहा भयो उ जिउँदै छ।’

एक कमजोर पाको महिला खुशीको आँशुमा डुबिन् किनभने उनले उत्तर कोरियाको एउटा सुन्दर रिसोर्ट ‘माउन्ट कुमागांग’ मा आफूलाई आफ्नो छोरोलाई अंगालोमा फालिदिइन्।

कोरिया युद्धपछि भेट नभएका आफन्तलाई पहिलोपटक भेट्न दक्षिण कोरियालीहरु उत्तर कोरिया गएका हुन्। उत्तर कोरिया जाने दक्षिण कोरियालीको समूहमा सबैभन्दा पाको व्यक्तिको उमेर १०१ वर्षको छ।

दुई कोरियाले १०० जनाको दरले यसपटक पुनर्मिलनको लागि छनौट गरिएको थियो। त्यसमा आफूले भेट्न चाहेको आफन्त जीवित नरहेको थाहा पाएपछि ८३ जना उत्तर कोरियाली र ८९ जना दक्षिण कोरियाली यसपटकको पारिवारिक पुनर्मिलन कार्यक्रममा सहभागी भएका थिए। उनीहरु तीन दिन त्यहा बस्नेछन् र जम्मा ११ घण्टा समय बिताउनेछन्।

-एजेन्सी

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी