किसानसँग ३० रुपैयाँमा किनेको काउली कालिमाटीमा ११० मा बिक्री !

112 Hits

काठमाडौं,५ भदौ। कालिमाटी तरकारी बजारमा सोमबार दिनभर तनाव भयो ।व्यापारीले चरम कालोबजारी गरेको सूचना पाएपछि मिर्मिरेमै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारी बजार अनुगमनमा पुगे ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको ठाडो निर्देशनमै अनुमगमन टोली पुगेको थियो ।तर, विभागका अधिकृत दीपकराज पोखरेल नेतृत्वको उपभोक्ता अधिकारकर्मीको टोलीलाई अनुगमन सहज भएन ।बजारका स्टलमा तरकारीको भाउ बुझ्दै हिँड्दासम्म कुनै समस्या थिएन । जब तरकारी बोकेको एउटा ट्रकसँग बिलबिजक मागियो, अनि लफडा सुरु भयो ।

ट्रकले बिलबिजक देखाएन । अनुगमन टोलीले ट्रकमा भएको फर्सी र काँक्रा बेच्न रोकिदियो । एकैछिनमा व्यवसायी अनुगमन टोलीविरुद्ध उर्लिए ।उनीहरूले अनुगमन सदस्यलाई कालिमाटीमै थुन्नेसम्मको प्रयास गरे । प्रहरीले टोलीलाई थुनिनबाट जोगायो, दुई व्यवसायीलाई पक्राउ ग-यो ।यति लफडा हुँदासम्म बिहानको १० बजिसकेको थियो । साढे १० बजेतिर मन्त्री मातृका यादव, मन्त्रालयका सचिवलगायतको टोली पनि पुग्यो । अनुगमनलाई निरन्तरता दिए ।

व्यवसायीले सरकारका विरुद्ध बिरोध जारी राखिरहे । प्रहरीले बल प्रयोग गर्ने अवस्था देखेपछि व्यवसायीहरु बजारभित्र बसेनन् र सरकारी टोली पनि फर्कियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी