नेकपा सचिवालयले थप्यो कार्यदललाई समय, अरु के भए निर्णय ?

168 Hits

काठमाडौं, ५ भदौ
नेकपाले पार्टी एकताको प्रस्ताव तयार गर्न गठित कार्यदललाई भदौ ७ गतेसम्मका लागि समय थप गरेको छ । त्यसैगरी भदौ ८ गतेलाई तय भएको स्थाई समितिको बैठक भदौ १९ गतेको लागि सारिएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सोमवार साँँझ बसेको सचिवालय बैठकले उत्तः निर्णय गरेको प्रबक्ता नारयणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
पार्टी एकता सम्बन्धि प्रस्ताव तयार गर्न गठित कार्यदलले केन्द्रमा प्रतिवेदन बुझाउन नसकेपछि नेकपाले समय थप गरेको हो । केन्द्रमा पार्टी एकता भएपनि प्रदेश,जिल्ला र जनवर्गीय संगठनहरुको एकता हुन सकेको छैन ।

तल्लो तहको पनि एकताको अन्तिम टुंगो लगाउने गरी तय गरिएको स्थायी समितिको बैठक सारिएको श्रेष्ठले जानकारी दिए ।

नेकपाका प्रवक्ता नारयाणकाजी श्रेष्ठका अनुसार स्थायी कमिटीको बैठक भदौ १९ र २० गते बस्नेछ । यसअघि ८ र ९ गते स्थायी कमिटीको बैठक बोलाइएको थियो ।

प्रदेश र जिल्लाका एकता सम्बन्धिको अन्तिम रिर्पोट तयार नभएकाले स्थायी कमिटीको बैठक पर सारिएको हो।
प्रदेश कार्यदलले कतिपयले भद्रगोल प्रतिवेदन पेश गरेका तथा कतिपयले अझै पेश गर्न नसकेका उनले बताए ।

Loading...

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी