क्रिकेट खेलाडीलाई सभामुख महराले गरे विदाई

88 Hits

  काठमाडौं,४ भदौ। प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले मलेसियामा आयोजना हुने एसीसी कप छनौंट प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडीलाई विदाई गरेका छन् ।

सभामुख महराले सोमबार बिहान आफ्नै सरकारी निवास बालुवाटारमा बोलाएर मलेसियामा आयोजना हुने एसीसी कप छनौट प्रतियोगितामा सहभागी हुने नेपाली खेडालीलाई फूलको माला लगाएर विदाई गरेका हुन् ।

यता, नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले पनि एसीसी कप छनौट प्रतियोगितामा विजयी भएर राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गराउन सफल हुने विश्वास व्यक्त गरे । उनले क्रिकेट खेललाई अझैं सुविधा सम्पन्न बनाउन सरकारसँग पहल गरिदिन पनि सभामुख महराको ध्यानाकर्षण गराए ।

नेपाली टोलीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी, अनिलकुमार शाह, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललित नारायण राजवंशी, बसन्त रेग्मी रहेका छन । त्यसैगरी सागर पुन, संदिप लामिछाने, सोमपाल कामी र सुभाष खकुरेल पनि प्रतियोगितामा सहभागी हुनेछन । श्रीलंकामा अभ्यास खेलपछि नेपाली टोली सोझै मलेसिया प्रस्थान गर्नेछ ।

मलेसियामा भदौं १२ गतेदेखि एसीसी छनौट कप प्रतियोगिता हुँदैछ । प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र यूएईको सामना गर्नेछ । ६ टिम सहभागी टिममा शिर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष यूएईमा हुने एशीया कप प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी