फोरम सांसद्ले दिए नाकाबन्दी गर्ने चेतावनी !

66 Hits

वीरगञ्ज, ४ भदौ। फोरम सांसद्ले नाकाबन्दी गर्ने चेतावनी दिएका छन् । वीरगञ्जमा आयोजित नेपाल भारत मैत्री चिकित्सा शिविर कार्यक्रमअन्तर्गत निःशुल्क मधुमेह स्वास्थ्य परीक्षण शिविर उद्घाटन गर्दै संघीय समाजवादी फोरम नेपालका सांसद् प्रदीप यादवले सदियौंदेखि चलिआएको रोटी बेटीको सम्बन्ध बिगार्ने षडयन्त्र भइरहेको बताउँदे उनले यस्तो बताएका हुन् ।

नेपाल–भारत प्रवुद्ध समूहको प्रतिवेदनमा सीमामा तारबार गर्ने प्रस्ताव आएपछि सो प्रतिवेदनमा नेपाल–भारत सम्बन्ध बिग्रिने भन्दै आपत्ती जनाएका हुन् । उनले नेपाल–भारतबीच राम र सीताको पालादेखिको सम्बन्ध रहेको बताउँदै भने, ‘अहिलेपनि कतिपयको ससुराली, मामाघर उता छ, यताका छोरी चेली उता विवाह गरेर गएका छन् । यहाँ तारबार र पासपोर्ट लगाउँदा यो सबै बन्द हुन्छ’

उनले भेषबहादुर थापाको नेतृत्वमा रहेको समूहले नेपाल भारतको सीमा क्षेत्रमा तारबार लगाउने र पासपोर्ट बनाएर आवतजावत गर्न दिनुपर्ने भन्ने प्रस्ताव गरेको सुन्न आएको भन्दै भने, ‘सीमाको रक्षा मधेसी जनताले नै गरिरहेको  र मधेसी जनतालाई नै आघात पार्ने काम गर्न हुँदैन ।’ साथै उनले यस विषयमा आवाज उठाउने र आवाजले मात्र नभए आवश्यक परेको खण्डमा नाकाबन्दीसमेत गर्न सक्ने चेतावनी दिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी