”उडी जाने”लिएर गायक प्रविन प्रसाई

65 Hits

काठमाडौं,४ भदौ।

काठमाडौं,४ भदौ। गायक प्रविन प्रसाई आफ्नो नया गीत उडी जाने लियर पुन नेपाली सांगीतिक बजारमा आएका छन।

उनी करिब १ बर्ष पछि आफ्नै शब्द,संगीत र शैलेन्द्र प्रधान बाबु संगीत संयोजनमा उडी जाने लिएर आएका हुन् आफ्नै यु ट्युब च्यान्नल मार्फत गीतको अडियो तथा भिडियो सार्बजनिक गरेका गायक प्रविनको म्युजिक भिडियोमा सुन्दर दृश्यहरु समाबेश गरिएका छन ।भिडियोको क्यामेरा एडिट र निर्देशन बिपिन रिजालले गरेका हुन् ।

पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा जन्मिइ हाल झापाको सुरुङामा स्थायी घर भएका प्रविनले करिब १० बर्ष अगाडि झापा बाटनै गीत संगीतको यात्रा सुरु गरेका थिए। ८ बर्ष अगाडी पहिलो एल्बम बजारमा ल्याएका प्रविन हाल सांगीतिक क्षेत्रको अलवा राजधानी काठमान्डौमा रहेर व्यवसायमा पनि ब्यस्त छन ।

आफ्नो कार्य ब्यस्तताले पुरा समय दिन नपाए पनि बर्षमा एकवटा गीत निकाल्दै आइरहेको र आगामी दिनमा पनि यो यात्रा जारी राख्ने उनले बताए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का