कालिमाटी अपडेट : आपूर्ति मन्त्रालयले जारि गर्यो बिज्ञप्ती (बिज्ञप्ती सहित)

842 Hits

काठमाडौं,४ भदौ। कालीमाटी तरकारी तथा फलफूल बजारमा भएको तनावले उग्र रुप लिएपछि केहि ब्यबसायी र चालकलाई पक्राउ गरि कारबाही प्रक्रिया अगाडि बढाईएको छ । घटनास्थलमा उद्योग वाणीज्य तथा आपूर्ती मन्त्री र सचिवसहितको टोली पुगेपछि हुलहुज्जत गर्ने केहि व्यापारीलाई पक्राउ गरि कारबाही प्रक्रिया अगाडि बढाईएको आपूर्ति प्रबक्त्ता नबराज ढकालले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

मन्त्रालयको टोली सोमवार विहान तीन बजे नै बजारको थोक बजार अनुगमनमा पुगेपछि व्यवसायी र टोली बिच विवाद शुरु भएको थियो । व्यवसायीले अनुगमनमा अवरोध गरेको भन्दै अनुगमन टोलीले प्रहरी गुहारेको थियो । सो क्रममा तरकारी बोकेका २ वटा ट्रक लाई नियन्त्रणमा लिइएको थियो भने एक ट्रक ड्राइभरलाई पक्राउ गरिएको तथा अर्का एक फरार रहेका थिए ।
अनुगमन टोलीले गाडिलाई प्रहरी चौकीमा पठाउन खोज्दा व्यवसायीले अवरोध गरी बजारको मूल ढोका नै बन्द गरी व्यवसाय पूरै बन्द गराई विरोध प्रदर्शनमा उत्रिएपछि तनाव झन बढेको थियो ।
सोहि क्रममा मन्त्रि यादबले बिचौलियालाई नियन्त्रण गरिने बताएका छन् ।

बिज्ञप्ती-

Loading...

Related News

कालिमाटी तरकारी बजारमा अापूर्तीकाे छापा, व्यवसायीकाे अवराेध

काठमाडौं, ४ भदौ । कालिमाटी फलफूल तथा तरकारी बजारमा तनाव भएकाे छ । अापुर्ती मन्त्रालयकाे टाेलीले राती ३ बजे नै…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी