उपराष्ट्रपति पुत्र दिपेशले गरे सरकारलाई सघाउन अपील

273 Hits

काठमाडौं, ४ भदौ ।
उपराष्ट्रपति नन्द बहादुर पुन पासांग पुत्र एवं अखिलका विद्यार्थी नेता दिपेश पुनले सरकारलाई हर तरहले सहयोग गर्न जनतालाई अपील गरेका छन् ।
सरकारले मुल्य बढाएको तथा कर बढाएको विषयमा चौतर्फी विरोध र आलोचना आइरहेका बेला नेता पुनले राष्ट संकटमा परेको बेला र समस्यामा परेको बेला कोरियाली जनताले गरेको सहयोगको दृष्टान्त दिंदै आफ्नो सामाजिक संजालमार्फत सरकारलाई बलियो पार्न र सघाउ पुर्याउन अपील गरका हुन् ।
आफ्नो फेसबुक वालमा लामो स्टाटस लेख्दे दिपेशले भनेका छन् । -९० को दशकमा दक्षिण कोरिया जब आर्थिक मन्दिको मारमा पर्यो तब कोरियनहरुले घरमा राखेको गरगहना सबै सरकारलाई बुझाए र आर्थिक मन्दिबाट देशलाई बाहिर निकाले।
उनले त्यसैगरी हामीले पनि सरकारलाई सहयोग गर्नुपर्ने धारणा राखेका छन् । उनले लेखेका छन् हाम्रो देश लामो संक्रमणकाल र अस्थिरता पछि देशमा केही स्थिरता सहित बलियो सरकार बनेको छ।यो सरकारको दायित्व देशलाई आर्थिर रुपले बलियो बनाउँदै देशलाई संवृद्विको यात्रामा अगाडी बढाउने क्रममा हामी सबै नेपालीले सरकारलाई सक्दो सहयोग गरौं।

उनले सरकार भनेको मंगल ग्रहजस्तो अर्को ग्रह नभएको र यहाँको समाजको उपज भएकोले हामीले यसलाई रचनात्मक आलोचना र सुझावमार्फत सहयोग गर्नुपर्ने बताएका छन् । उनले देश धनी बन्यो भने हामी नगरीक धनी बनीन्छ भन्ने निकर्ष प्रस्तुत गरेका छन् ।
उनले लेखेका छन् । सरकार भनेको कुनै मंगलग्रह जस्तो अर्को ग्रह होईन।यो भनेको हामी नागरिक नै हौं।हामी नै मिलेर देशलाई आर्थिक गरिवीबाट बाहिर निरालौं देश धनि बन्यो भने हामी नागरिक धनी कसो नहौला ?
विभिन्न सामाजिक सेवाको कार्यमा संलग्न भई प्रख्याती कमाएका नेता पुनको यो आग्रहलाई आम नागरिकले कसरी लिन्छन त्यो भने हेर्न बाँकी छ ।

Loading...

Related News

विद्यार्थी नेता दिपेश पुनले गरे दिलबहादुरलाई बचाउन अभियानको नेतृत्व, को हुन् दिलबहादुर ?

काठमाडौं, २६ बैसाख । पटक पटक सामाजिक सेवामा लागेर चर्चित बनेका उपराष्ट्रपति नन्दबहादुर पुन पुत्र दिपेश पुनले अर्को एउटा यस्तै…

उपराष्ट्रपति पुत्र दिपेश पुनले भने- ‘अबैध बालुवाखानीहरु बन्द गर’

काठमाडौं, १९ चैत । उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा तथा युवा विद्यार्थीका लोकप्रीय नेता दिपेश पुनले अबैध वालुवाखानीहरु तत्काल बन्द…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी