कालिमाटी तरकारी बजारमा अापूर्तीकाे छापा, व्यवसायीकाे अवराेध

339 Hits

काठमाडौं, ४ भदौ ।

कालिमाटी फलफूल तथा तरकारी बजारमा तनाव भएकाे छ । अापुर्ती मन्त्रालयकाे टाेलीले राती ३ बजे नै बजारमा छापा मारी अनुगमन गरेपछि ब्यवसायी र टाेलीबीच तनाव भएकाे हाे ।

टाेलीमा सहभागी मन्त्री मातृका यादवका स्वकिय सचिव सन्ताेष विष्टले भने –  बिहानै ३ बजे कालिमाटी तरकारी थाेक बजारमा अापुर्ती मन्त्रालयकाे तर्फबाट अनुगमन गरिएको छ। अनुगमनकाे क्रममा बिल बिजक नभएको, कहाँबाट ल्याइएको र काे व्यवसायी हाे? भन्ने समेत नखुले पछि दुई वटा ट्रक समातिएका छन ।
एउटाको ड्राइभर सहित समातिकाे छ, अर्को ट्रककाे ड्राइभर फरार भए । फरार ड्राइभरलाई प्रहरीले माइकिङ गरि बाेलाउदा समेत सम्पर्कमा अाएका छैनन् र तरकारी बजारका व्यवसायीहरुले ट्रकलाई प्रहरी कार्यालयमा लान दिन्नाै भनेर अवराेध गरिरहेका छन।

सो क्रममा बिलबिजक, कसको र कहाँबाट ल्याइएको इत्यादी नखुलेपछि तरकारी बोकेका २ ट्रक नियन्त्रणमा नियन्त्रणमा लिएको छ।

दुई ट्रकमध्ये ना४च ६६३४ नम्बरको ट्रकका चालक सुदिप दराईलाई नियन्त्रणमा लिएपनि बा६च ९६४ नम्बरको ट्रकका चालक कर्मा तामाङ भने फरार भएका प्रहरीले जनाएको छ। महानगरीय प्रहरीकाअनुसार नियन्त्रणमा लिइएका चालकसँग सोधपुछ तथा थप अनुसन्धान जारी छ।

तरकारी बोकेका ट्रक र चालकलाई पक्राउ गरिएपछि व्यवसायीहरुले अनुगमन कार्यमा अवरोध गरेका छन्। हाल कालीमाटी तरकारी तथा फलफूल बजारको अवस्था अशान्त रहेको बताइएको छ।

पछिल्लो समय तरकारीको मूल्य अस्वभाविक महंगिएपछि केही दिनअघि आपूर्ति विभागको टोली धादिङ, चितवन, मकवानपुर लगायतका तरकारी उत्पादन हुने स्थान पुगेर अनुगमन गरेर फर्केको थियो।

अहिले व्यवसायीले मुख्य गेट नै बन्द गरि अान्दाेलनमा उत्रिएका छन् ।

 

Loading...

Related News

कालिमाटी अपडेट : आपूर्ति मन्त्रालयले जारि गर्यो बिज्ञप्ती (बिज्ञप्ती सहित)

काठमाडौं,४ भदौ। कालीमाटी तरकारी तथा फलफूल बजारमा भएको तनावले उग्र रुप लिएपछि केहि ब्यबसायी र चालकलाई पक्राउ गरि कारबाही प्रक्रिया…

1 Comment for “कालिमाटी तरकारी बजारमा अापूर्तीकाे छापा, व्यवसायीकाे अवराेध”

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी