तक्मे बुढाले पैसा दिएपछि, कुल्फीवाला मनकुमारले बनाए नागरिकता

83 Hits

सोलुखुम्बु । विभिन्न युट्युबका च्यानलमा अन्तरवार्ता दिएर भाईरल भएका कुल्फी बेच्ने (कुल्फीवाला) मनकुमार राईले नागरिकता पाएका छन् । राईले जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुवाट नेपाली नागरिकताको प्रमाण पत्र पाएका हुन् ।
राईलाई सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पाले नागरिकताको प्रमाण पत्र प्रदान गरेका हुन् । नागरिकता पाएपछि राई खुशी भएका छन् । ‘नागरिकता प्रमाण पत्र हातमा पर्दा मेरो खुशीको सिमा रहेन’ मनकुमारले भने, ‘तक्मेबुढा र उहाँको आन्टीहरुले दिएको आर्थिक सहयोगले ढिलै भए पनि मैले नागरिकता बनाएको छु ।’
नेपाली भएर पनि आर्थिक अभावका कारण ढिलो गरी नागरिकता बनाएको उनले बताए । नेचा सल्यान गाउँपालिका २ दोदी सोलुखुम्बुका मनकुमार २६ वर्षपछि नागरिकता बनाउन गृह जिल्ला फर्केका थिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी