गम्भीर सूचना चुहावट हुँदा अनुशासनहीनता बढ्नेः प्रधानमन्त्री ओली

50 Hits

काठमाडौं,३ भदौ। राष्ट्रिय सूचना दिवस–२०७५ का अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा  आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले  गम्भीर सूचना चुहावट हुँदा राष्ट्रिय गोपनीयता पनि भङ्ग हुने गरेकाले त्यसलाई सरकारले रोक्ने बताएका छन् ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचनाको हकको मात्रै नभई सही सूचनाको सही सम्पे्रषणको हक सम्बन्धमा पनि सोच्नुपर्ने धारणा व्यक्त गरे । उहाँले भने, “हामीले अधिकारको मात्रै कुरा ग¥यौंँ, प्राप्त भएका अधिकार प्रयोग गर्ने सन्दर्भमा कतिपय कुरा अपुग रहेछन् भने सो कुरा उठाउनु राम्रो हुन्छ, व्यक्तिका धेरै अधिकार मौलिक हकका रुपमा आइसके ।” सूचनाको हकसँगै गोपनीयताको हक पनि रहन्छ भन्नेतर्फ सजग हुनुपर्ने उल्लेख गर्दै मन्त्री बाँस्कोटाले स्वतन्त्रताको हकसँगै सामाजिक मर्यादा, दायित्व र कर्तव्य पनि बिर्सन नहुने बताए ।

कार्यक्रममा आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आयोगकै क्रियाकलापबाट विद्यार्थीले आफ्नो उत्तरपुस्तिका र लोकसेवा आयोगका प्रतियोगीले आफ्नो प्राप्ताङ्क हेर्न पाउनेलगायत नागरिकले सूचनाको हक उपभोग गर्न पाएको अवगत गराए।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी