रहेनन् कोफी अन्नान

126 Hits

एजेन्सी । राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन भएको छ । ८० वर्षीय अन्नानको स्वीजरल्याण्डमा निधन भएको उनको पारिवारिक श्रोतले जनाएको छ । सन् १९९७ देखि २००६ सम्म राष्ट्रसंघको महासचिवका रुपमा दुुई कार्यकाल बिताएका अन्नान, विश्वकै सर्वोच्च कुटनीतिक पदमा पुग्ने पहिलो अस्वेत नागरिक हुन् ।

राष्ट्रसंघको महासचिवबाट अबकास पाएपछि उनले राष्ट्रसंघकै विशेष दुतका रुपमा सिरियाको द्वन्द्व अन्त्यको प्रयास समेत गरेका थिए । कोफी अन्नान फाउण्डेशनले उनलाई विश्व शान्ति स्थापनाका लागि आजीवन लड्ने विश्वस्तरीय राजनेता भनेको छ ।

घानामा जन्मिएका अन्नाले सन् २००१ मा नोवेल शान्ति पुरस्कार पाएका थिए । संयोग कस्तो परेको थियो भने, उनकै कार्यकालमा ईराक युद्ध र एचआईभी एड्सको महामारी पनि फैलिएको थियो ।  उनले पछि सिरियाका लागि राष्ट्रसंघको विशेष दूत भएर समेत काम गरे । उनले १००७ देखि २००६ सम्म राष्ट्रसंघको विशेष दूत भएर काम गरे

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी