बाहिङ किरात मुलुखिम बेलायतको वार्षिक भेटघाट कार्यक्रम

61 Hits

काठमाडौं,३ भदौ।
बाहिङ किरात मुलुखिम बेलायत शाखाले भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । बेलायतलाई कर्मथलो बनाएका बाहिङ समुदायलाई एकताबद्ध बनाउँदै बाहिङ भाषा, सँस्कार र सँस्कृतिलाई बचाई राख्न भेटघाट कार्यक्रमको आयोजना गरिएको हो ।

विभिन्न रोजगारीको शिलशिलामा बेलायत पुगेका बाहिङ समुदायलाई मर्दापर्दा एक आपसमा सहयोग गर्ने उद्देश्यले बाहिङ किरात मुलुखिम बेलायत शाखाको स्थापना गरिएको बाहिङ किरात मुलुखिमका विशिष्ट सदस्य देब रुम्दाली राईले बताए । रोजगारीकै शिलशिलामा बेलायतलाई कर्मभूमि बनाएका अधिकांश बाहिङहरु बेलायती नागरिक लिइसकेकाले उनीहरुको बालबालिकाले बाहिङ समुदायको सँस्कार र सँस्कृति अनुसरण गरुन् भनेर वार्षिक रुपमै भएपनि कार्यक्रमको आयोजना गरिएको विशिष्ट सदस्य रुम्दालीले बताए ।
वार्षिक भेटघाट कार्यक्रममा बाहिङ समुदायले पितृकार्य गर्दा लगाउने परम्परागत कपडामा अधिकांश बाहिङरु उपस्थित भएका थिए । विदेशी भूमिमै भएपनि आफ्नो सँस्कार र सँस्कृतिको तिर्खा मेट्नको लागि सबैको समय मिलाएर कार्यक्रम गरिने पनि रुम्दालीले बताए ।
कार्यक्रममा बेलायतका विभिन्न क्षेत्रमा बसोबास गर्ने बाहिङहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न नेपाली गीतहरु बजाएर मनोरञ्जन समेत गराइएको थियो । बेलायतको व्यस्ततामा एक दिन नै भएपनि बाहिङ समुदायका मानिसबीच एक आपसमा भातृत्वको भावना समेत अझ प्रगाढ भएको सहभागीहरुले बताएका छन् ।sagarmatha

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी