‘रोनाल्डोले युभेन्ट्सलाई उत्कृष्ट बनाउन सक्दैनन्’

58 Hits

(इटाली)- ‘क्रिस्टियानो रोनाल्डोको उपस्थितिले युभेन्ट्सको युरोपेली टोलीबीचको अन्तर घट्न सक्नेछ। जर्मनीका फुटबल स्टार लोथर म्याथ्युस भने रोनाल्डोले च्याम्पियन्स लिग जित्ने छन् भन्नेमा ढुक्क छैनन्।

३३ वर्षीय रोनाल्डोले गत वर्ष रियल मड्रिडलाई आफ्नो जीवनको चौथो पटक च्याम्पियन्स लिग पदक जिताएका थिए। पूर्व इन्टरमिलान, बार्यन म्युनिख तथा जर्मनीका स्टार म्याथ्युसका अनुसार प्रतियोगिता जित्न त्यति सजिलो छैन, जति कोही रोनाल्डोलाई देखेर मान्छन् कि अहिले उनी नै जित्ने छन्।

म्याथ्युसले भने, ‘रोनाल्डो अब फुटबल खेलाडीका लागि राम्रो उमेरमा छैनन्। मलाई लाग्छ, उनी च्याम्पियन लिगमा ध्यान दिऊन्। त्यहाँ उनी आफ्नो उत्कृष्ट प्रदर्शन देखाउन सक्छन् र गत वर्ष रियलमा यस्तो प्रदर्शन देखाउन सक्थे।’

म्याथ्युसको भनाइमा रोनाल्डोले उत्कृष्ट खेल्न सक्छन्। नेपोली र इन्टर उनका लागि निकै प्रतिद्वन्द्वी टिम हुन्। ‘मलाई लाग्छ युभेन्टसले सात पटक लिग जितेमा रोमाञ्चक हुनेछ। तर, शीर्ष टिम र रोनाल्डोका लागि लिग खतरनाक हुँदै गएको छ,’ उनले भने, ‘रोनाल्डो शीर्ष टिमको नजिक आउन सक्छन्। तर, म यो भन्दिन कि युभेन्टस रोनाल्डोका कारण क्लबको शीर्ष स्थानमा छ।’

पोर्चुगेली स्टारलाई महाद्विपीय सफलताका लागि टुरिनमा प्रेरित गरिएको छ। ‘सिरी-ए’का लागि एक ठूलो फाइदा हो। जहाँ पाँच पटकका बेलोन डिओर विजेता खेल्दैछन्। तर, ला लिगामा उनको अनुपस्थिति महशुस गरिनेछ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी