गोक्यो हिमतालमा बेपत्ता २ विद्यार्थी खोज्न ‘ड्रोन’को प्रयोग गरिदै

105 Hits

सोलुखुम्बु । गोक्यो हिमतालमा पौडीखेल्ने क्रममा बेपत्ता भएका ३ विद्यार्थीमध्ये २ विद्यार्थीलाई खोज्न ‘सबमरीन ड्रोन’को प्रयोग गरिने भएको छ । हिमतालमा बेपत्ता ३ विद्यार्थीमध्ये पेम्बानुर्बु शेर्पाको शव गत साउन २३ गते सशस्त्र प्रहरी बलको गोताखोर टोलीले निकालेको थियो । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले लगातार ४ दिनसम्म हिमतालमा २ बेपत्ता विद्यार्थी खोज्द पनि नभेटिएपछि ‘सबमरीन ड्रोन’को प्रयोग गरिने भएको हो ।

नेपालमा पहिलो पटक ‘सबमरीन ड्रोन’को प्रयोग गरि पानीमुनी मान्छे खोज्ने काम भएको खुम्बुपासाङल्हामु गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले बताए । ‘सब मरीन ड्रोनले पानीमुनी ५० मिटर गहिराईसम्म गएर खोज्न सक्ने भएकाले हामीले यस्तो उपकरणको प्रयोग गर्ने सोच बनाएका हौं’ वडा अध्यक्ष अधिकारीले भने, ‘पानी मुनी जाँदा पनि अत्याधुनिक टर्च लाईट बालेर जान सक्ने भएकाले बेपत्ता विद्यार्थीको खोजीकार्यमा सहयोग मिल्ने अपेक्षा गरेका छौं ।’
सिङगापुरमा किनिएको ‘सबमरीन ड्रोन’ आज (शनिवार) नेपाल आईपुग्ने पनि अध्यक्ष अधिकारीले बताए । पासाङग्याल्जेन शेर्पा, तेञ्जिङ शेर्पा र पासाङ शेर्पाले सिङगापुरबाट ड्रोन किनेर पाठाएका हुन् । ड्रोन किन्न गाउँपालिकाको आन्तरिक स्रोतबाट ५ लाख रुपीयाँ खर्च गरिएको पनि अध्यक्ष अधिकारीले बताए । ‘अत्याधुनिक ‘सबमरीन ड्रोन’लाई चलाउनका लागि नेपाली सेना, सशस्त्र अथवा नेपाल प्रहरीमध्ये एकलाई आवश्यकीय तालिम दिई बेपत्ता विद्यार्थी खोज्न गोक्यो हिमतालमा लगिने छ’ उनले भने, ‘यदि ‘सबमरीन ड्रोन’ले हिमतालमा बेपत्ता विद्यार्थी भेट्टायो भने सशस्त्र प्रहरी बलको गोताखोर टोलीलाई लगेर शब निकाल्ने छौं ।’
खुम्बुपासाङल्हामु गाउँपालिका वडा नं. ४ प्रदेश १ कै सबैभन्दा बढी क्षेत्रफल भएको वडा हो । यत्ति मात्र होइन, विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको वडा पनि हो । उच्च हिमाली क्षेत्र, अत्याधिक चिसो ठाउँमा साधारण सेल फोनले काम नगर्ने भएकाले स्याटालाईट फोन र जीपिएस ट्रयाकिङ मेसिन गाउँपालिकाको आन्तरिक स्रोतबाट खरिद गर्ने पनि अध्यक्ष अधिकारीले बताए ।
गत साउन १९ गते बिहान पौडी खेल्ने क्रममा खुम्जुङ माध्यमिक विद्यालय कक्षा ९ का ३ विद्यार्थी गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका थिए । बेपत्ता हुनेमध्ये पेम्बानुर्बु शेर्पाको शव ५ दिनपछि सशस्त्र प्रहरी बलको गोताखोर टोलीले हिमतालबाट निकाले थियो । तर पेम्बादोर्जे शेर्पा र सुमन बराईलीको अवस्था अझै अज्ञात रहेको छ । शैक्षिक भ्रमणमा गएका ३३ विद्यार्थीमध्ये ३ विद्यार्थी गोक्यो हिमतालमा सदाका लागि अस्ताए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी