कानुन निर्माणमा सहभागी भएकैले विरोध गरेको देख्दा अचम्म लागेको छ : प्रधानमन्त्री ओली

56 Hits

काठमाडौं,२ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन निर्माणको क्रममा प्रत्यक्ष सहभागी भएकैहरुले यसको विरोध गरेको भन्दै गुनासो गरेका छन् । उनले नयाँ ऐन, कानुनहरु वर्तमान सरकारले मात्र नल्याएको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले कतिपयले अहिलेकाे संहिता वर्तमान सरकारले बनाएर अहिले जारी गरेको जस्तो प्रचार गर्नु आश्चर्यपूर्ण भएको बताए । ‘संहिता निर्माणका क्रममा छलफलमा बसेकै साथीहरु अहिले विरोधमा उत्रिएको देख्छु’ ओलीले भने, ‘यसबाट त्रसित हुनुपर्ने केही छैन । यसले समाजलाई मर्यादित बनाउन खाजेको छ । गल्ती नगर्नेहरुले डराउनु पर्दैन ।’

ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपालका केही मान्यताहरु बदलिएकाले त्यसै बेलादेखि मुलुकी ऐनलाई संशोधन गर्ने काम सुरु भएको बताए ।

कानुन मन्त्रालयले शुक्रबार सिंहदरबारमा आयोजना गरेको मुलुकी देवानी संहिता तथा मुलुकी अपराध संहिता लगायतका कानुनहरु लागू हुने दिनको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिले जारी भएको संहिता नयाँ मुलुकी ऐन जस्तै हो, यसलाई रुपान्तरित व्यवस्थापिका संसदले पारित गरेर २०७४ असोजमा सम्माननीय राष्ट्रपति ज्यू बाट लालमोहर लगाइएको हो ।’

प्रधानमन्त्री ओलीले समाजमा विकसित र स्थापित मान्यतालाई व्यवस्थित गर्न मुलुकी देवानी र मुलुकी अपराध संहिता जारी गरिएको पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले संहितामा कमिकमजोरी केही भएमा संशोधन गर्न सकिने पनि बताए । ‘यस संहितालाई कार्यन्वयन गर्न सरकार दृढ छ’ प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि सरकारका सबै निकाय क्रियाशील छन् ।’ कानुनको परिपालानाका लागि अझ व्यापक प्रचार प्रसार गर्न प्रधानमन्त्री ओलीले सबैलाई आग्रह समेत गरेका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी