यसरी हुने भयो नेकपा विद्यार्थी संगठनको एकता

117 Hits

काठमाडौं, २ भदौ ।
माउ पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र  निकट विद्यार्थी संगठनबीचको एकीकरण प्रक्रिया अन्तिमतिर पुगेको छ ।

दुबै संगठनकाे संयुक्त एकता कार्यदलले ४ सय ९९ सदस्यीय केन्द्रीय समिति बनाउनेगरी एकता प्रक्रिया टुंगोमा पुर्याएकाे हाे ।

तत्कालिन एमाले र माओवादीबीच गत जेठ ३ मा एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन भएपछि भातृसंगठनबीच एकीकरण गर्ने क्रममा विद्यार्थी संगठनले एकीकरण प्रक्रियालाई अन्तिम अवस्थामा पुर्याएका हुन् ।

अब संगठनको नाम अनेरास्ववियू हुनेछ भने केन्द्रीय कमिटी ४ सय १९ जनाको बन्नेछ – अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले भने, यसअघि नै विधान र राजनीतिक तथा शैक्षिक कार्यक्रमका बारेमा टुंगो लागिसकेको अवस्था छ ।

उनका अनुसार, संगठनको नामको अन्तिम अक्षरमा दीर्घ यू लेख्ने सहमति भएसँगै नामाकरण टुंगिएको हो ।- नागरिक दैनिक

Loading...

Related News

बिएस्सी एजीको भर्ना प्रक्रियामा भएको त्रुटि तत्काल सच्याउ : अखिल क्रान्तिकारी

काठमाडौं, १ माघ । अखिल क्रान्तिकारीले त्रिविले कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले लिएको प्रवेश परिक्षा र भर्ना प्रक्रिया अपारदर्शी…

स्ववियु चुनाव फागुन १४ मै हुनुपर्छ – रञ्जित तामाङ

धनकुटा, ९ पुस – अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले अागामी स्ववियु निर्वाचनमा सबै क्याम्पसमा जित हाँसिल गर्ने बताएका छन् ।…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी