सहिदको रगत र बलिदानीबाट नै देशमा कम्युनिष्टको सरकारः प्रचण्ड (भिडियाे)

54 Hits

रामेछाप ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदले बगाएको रगत र बलिदानीबाट नै देशमा कम्युनिष्टको बहुमतको सरकार बनाउन सफल भएको पनि बताउनु भएको छ ।

बिहिवार १५ औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा सहिद परिवार सम्मान कार्यक्रमलाई रामेछापको दोरम्बामा संबोधान गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

अध्यक्षले दोरम्बा हत्याकाण्डपछि राजतन्त्र फाल्ने र देशमा गणतन्त्र ल्याउन सफल भएको बताउनुभयो । सहिदहरुको रगतले नै अहिले देशमा संघीय गणतन्त्र र हुँदै पार्टी एकीकरणमा रुपान्तरण भएको भन्दै सहिद परिवारका सदस्यलाई मन दरो पार्न समेत अनुरोध गर्नुभयो ।

विश्व चर्चिक रामेछाप जिल्लाको दोरम्वा हत्याकाण्ड तत्कालीन शाही सेना र सरकारको निर्णयमा नभई दरबारको ठाडो निर्देशनमा भएको उहाँको भनाई थियो । १५ वर्षअघि (२०६० साल साउन ३२ गते) आफ्नो पार्टीको २१ जना नेता कार्यकर्ताको हत्या भएको दोरम्बा हत्याकाण्डलाई आफ्नो पार्टीले विशेष रुपमा हेरेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

तत्काली सरकार र नेकपा माओवादीबीच दाङको हापुरेमा दोश्रो शान्ति वार्ता चलिरहेको बेलामा राजनीतिक वार्तालाई बिथोली मान्छे मारेर परिवर्तनलाई रोक्ने सुनियोजित योजनामा दरबारले दोरम्बा हत्याकाण्डको मञ्चन गरेको अध्यक्ष प्रचण्डको भनाई छ ।

तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहेका बेला २०६० साल साउन ३२ गते रामेछापको दोरम्बामा माओवादी जनसरकार प्रमुख बाबुराम लामासहित २१ जनालाई सेनाले हत्या गरेको थियो । सो घटनापछि माओवादीले सरकारसँगको वार्ता भंग गरेको थियो ।

दोरम्बामा आफ्ना कार्यकर्ताहरुको निर्ममतापूर्वक हत्या भएको सम्झँदै पार्टी अध्यक्ष प्रचण्डले दोरम्बालाई युद्ध पर्यटकीय स्थल बनाउने घोषणा पनि गर्नुभएको छ ।

१५अौ दाेरम्बा हत्याकाण्ड स्मृति दिवसमा सम्वाेधन गर्दै। रामेछाप २०७५/०४/३१ गते

Posted by क. प्रचण्ड / Comrade Prachanda on Friday, August 17, 2018

काभ्रे, रामेछापको वेथानको पानीघाट हुँदै दोरम्वा र दोलखाको शैलुङ्ग क्षेत्रसम्म तीन जिल्लालाई समेटेर युद्ध पर्यटकीय मार्ग बनाएर जनताको जीवनस्तर उकास्नको लागि तत्कालै आवश्यक वजेटको व्यवस्थापन गर्ने पनि अध्यक्ष दाहालले बताउनु भएको छ ।

साथै अध्यक्ष प्रचण्डले सहिद परिवारका बालबच्चा र युद्धमा मारिएका दुवै पक्षको शिक्षा, दिक्षा र ब्यवस्थापनको जिम्मा पनि कम्युनिष्ट सरकारले नै लिने बताउनुभयो ।

निर्वाचनको क्रममा जनताको घरदैलोमा मत माग्न जाँदा पार्टीले भने अनुसारको विकास निमार्णमा ढिलाई भएको भन्ने गुनासो आएपछि प्रधानमन्त्री केपी ओली र आपूmबीच केही दिनदेखि घनिभूत छलफल भइरहेको अध्यक्ष प्रचण्डको भनाई छ ।

जनताले केही राहात पाउने गरि सरकारले छिट्टै नयाँ कार्यक्रम ल्याउने पनि उहाँले बताउनुभयो ।

दोरम्बा हत्या काण्डमा तत्कालीन शाही नेपाली सेना दोषी भएको भन्दै अन्तराष्ट्रिय मानव अधिकार संस्था एमनेष्टी इन्टरनेसनलले पीडितलाई न्याय र पीडकलाई कार्बाही गर्न सरकारलाई सिफारिस समेत गरेको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी