लागु भयो १ सय ६५ वर्षपछि नयाँ कानुन, के फरक छ जंगबहादुरको कानुनसँग ?

229 Hits

काठमाडौं, १ भदौ ।
आज भदौ एकदेखि देशले नयाँ कानुन पाउँदैछ । जंगबहादुर राणा प्रधानमन्त्री भएका बेला १९१० सालमा बनाइएको मुलुकी ऐन खारेज गरी नयाँ ‘मुलुकी ऐन २०७४’ कार्यान्वयनमा ल्याइएको हो । सो ऐन २०२० सालमा पहिलो पटक संसोधन गरिएको थियो ।

आजदेखि कार्यान्वयनमा आउने ऐनमा मुलुकी अपराध ९संहिता० ऐन २०७४, मुलुकी फौजदारी कार्यविधी ९संहिता० ऐन २०७४, फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन० ऐन २०७४, मुलुकी देवानी ०संहिता० ऐन २०७४ र मुलुकी देवानी कार्यविधि ९संहिता० ऐन २०७४ रहेका छन् ।
तत्कालिन मुलुकी ऐनमा भएका धेरै कुरामा परिमार्जन र परिवर्तन भएको छ । विवाह सम्वन्धी व्यवस्था, पारपाचुकेसम्वन्धी व्यवस्था, बलत्कारबारे हुने कार्वाहीको व्यवस्था, सूचना प्रकाशन र प्रसारणसम्वन्धी व्यवस्था आदिमा उल्लेख्य परिवर्तन गरिएको छ ।

मुलुकी संहितामा विभिन्न सकारात्मक विषयहरु रहे पनि संहिताको दफा २१ देखि दफा ३०६ सम्मका विभिन्न प्रावधानहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्न प्रयोग हुने खतरा देखिएको छ ।
नेपाल पत्रकार महासंघले यसअघि नै प्रेस स्वतन्त्रता प्रतिकूलका दफाहरु संशोधन गर्न सरोकारवाला सबैमा आग्रह गरिसकेको छ । संविधानसँग बाझिएका र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्वन्धी अन्तराष्टिय मापदण्ड विपरितका दफाहरु सच्चाउन महासंघले निरन्तर दवावकारी भूमिका निर्वाह गर्नेछ ।

यो एेन तथा कानुनको हिसाबले क्रान्तिकारी फड्को हो भने संबिधान कार्यान्वयनको महत्वपूर्ण प्रस्थान पनि हो । संबिधान तथा एेन भनेका धार्मिक दस्ताबेज होइनन् अभ्यास हुँदैजादा कमजोरी देखिए सच्याउँदै जानु पर्दछ । यसले आधुनिक कानुनी सासनका रुपमा नेपाललाई माथिल्लो उचाइमा पुर्याएको छ ।

मुलुकी ऐन कार्यान्वयनका लागि सवै तयारी पुरा भइसकेको सर्वोच्च अदालतले जनाएको छ । ऐन कार्यान्वयनका लागि तीनहजार एक सय कर्मचारीलाई तालीम दिइएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिएका छन् ।

मुलुकी-ऐन-१९१०

मुलुकी-देवानी-संहिता-ऐन-२०७४_74_6_30

 

Loading...

Related News

नेपाल प्रहरीका ४ सय ५५ इन्स्पेक्टरको एकैदिन सरुवा, को कहाँ ?

काठमाडौं, १ मंसीर नेपाल प्रहरीका ४ सय ५५ इन्स्पेक्टरहरुको एकै दिन सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय, मानव स्रोत…

आइजिपी खनाल दुबईमा, यस्ता छन् भ्रमणका एजेण्डा

काठमाडौं, १ मंसीर । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल युनाइटेड अरव इमिरेटसको दुवई प्रस्थान गरेका छन् । दुबईमा इन्टरपोल महासचिवालयको…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी