माडरबाट पतालेसम्म नापियो सगरमाथा

172 Hits

काठमाडौं, ३१ साउन ।
नेपाललाई विश्वमा चिनाउने दुईवटा महत्वपूर्ण सम्पदा छन्ः एउटा माउन्ट एभरेष्ट । अर्को- गौतम बुद्ध । ०७२ सालको भूकम्पपछि सगरमाथाको उचाइका विषयमा विवाद परिरहेको छ । अर्कोतिर, गौतम बुद्ध नेपालमै जन्मेका हुन् भनेर अभियान चलाउनु परिरहेको दुःख त छदै छ ।

नेपालले अहिलेसम्म आफूसित रहेको सगरमाथाको उचाइ कति छ भनेर आफैं नाप्न सकेको छैन । विदेशीले नापेकै आधारमा हामीले सगरमाथाको उचाई विश्व समुदायलाई बताइरहेका छौं ।

यसैवीच सन् २००५ मा चिनियाँ सर्वेले सगरमाथाको उचाई करिब ४ मीटर घटाएर ८८४४.४३ मीटर देखाएको छ, जसलाई नेपालले अस्वीकार गरेको छ ।

नेपाल सरकार नापी विभागले अहिले एउटा टोली बनाएर ‘ट्रिएङगुलेसन मेथड सर्वे’ विधिबाट सगरमाथाको उचाई नाप्ने प्रयास गरिरहेको छ । तर, सगरमाथाको उचाई नाप्ने योजनालाई राष्ट्रिय गौरबको आयोजना अन्तरगत समावेश गरेर सोहीअनुरुपको बजेट र जनशक्ति नछुट्याएसम्म यो काम चाँडै सकिने छाँटकाँट छैन । भूकम्प गएको ३ वर्ष बितिसक्दा पनि अहिलेसम्म सिराहाको माडरबाट सोलुको पतालेसम्म ‘मोथोलोजिकल डाटा’ संकलन मात्रै भएको छ ।

नापी विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलका अनुसार हालसम्म सिराहाको माडरदेखि सोलुखुम्बुको पतालेसम्म ४८ वटा बिन्दुको ग्राभिटी डाटा संकलन भइसकेको छ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी