विप्लव माओवादी र गोपाल किराँतीबीच पार्टी एकताको तयारी, कहिले हुन्छ एकता ?

183 Hits

काठमाडौं, ३१ साउन ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र गोपाल किराँती नेतृत्वको पुनर्गठित नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको चर्चा सुरु भएको छ । अहिले दुवै पार्टीका नेता पार्टी एकताका लागि छलफल र कसरतमा लागेका छन् ।

पुनर्गठित माओवादीको नेतृत्व गरेका किराँतीले एकताको लागि वार्ता भएको र निकट भविष्यमै एकता हुन सक्ने बताएका छन् । उनले आफूहरू समयको मागपछि एकताको बाटोमा हिँड्न चाहेको बताए ।

किराँतीले मोहन वैद्य (किरण) सँग पनि छलफल थालेको बताएका छन् । ‘हामी वैद्य कमरेड र विप्लव कमरेडसँग संवादमा छौं । क्रान्तिकारी शक्तिबीच एकता हुनुपर्छ भन्नेमा हाम्रो एकमत छ,’ उनले भने, ‘सके सबैबीच एकैपटक एकता हुन्छ, नत्र पछि पनि हुन्छ ।’

पछिल्लोपटक पूर्वमाओवादी पार्टी तात्कालीन एमालेसँग एकता गर्दै गर्दा फरक मत राखेर अलग भएका किराती अहिले पनि देशमा पुरानै माओवादी पार्टी निर्माणको पक्षमा बोल्दै आइरहेका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी