विदेशी पर्यटकको फेक रेस्क्यूमा संलग्न १७ कम्पनीलाई कारबाही सिफारिस

118 Hits

काठमाडौं, ३१ साउन ।

उच्च हिमाली क्षेत्र भ्रमणका गएका पर्यटकहरुलाई दूषित खाना दिई ‘बिरामी बनाएर’ हेलिकप्टर मार्फत फर्जी उद्धार र उपचारमा संलग्न ट्राभल्स, टुर, रेस्क्सु एजेन्सी, अस्पताललगायत १७ कम्पनीलाई कारबाहीको सिफारिस गरिएको छ ।

फेक रेस्युमा संलग्न हेलिकोप्टर कम्पनीका हेलिकप्टरहरु, जसले फेक रेक्यु गरेर करोडौं रमक ठगेका छन् । नेपाल सरकारद्वारा गठित अध्ययन कायदलले तयार पारेको प्रतिवेदनमा काठमाडौंको बल्खुस्थित बयोधा अस्पताल, धापासीको ग्रान्डी इन्टरनेसनल हस्पिटल, थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटल, सोह्रखुट्टेको इरा हेल्थ सेन्टर, बत्तीसपुलतीको सकोन हस्पिटल प्रालि र कपुरधाराको सिवेक अस्पताल प्रालिले चिकित्सकीय मर्यादाविपरीत फरक फरक शीर्षकमा बिलबीजन खडा गरेको औंल्याउँदै यी अस्पतालमाथि थप छानबिन गर्न र अनुगमन गर्न स्वास्थ्य मन्त्रालयलाई भनिएको छ । यस्तै, एयर डाइनेस्टी, हेली सर्भिस, मनाङ एयर र हेली एभरेष्ट पनि ठगीमा संंलग्न भएको समितिको प्रतिवेदनमा उल्लेख छ ।
        ट्रेकिङ टुर तथा रेस्क्युतर्फ इजी हेली चार्टर सर्भिस, फ्लाइट कनेक्सन ठोमेस्टिक, माउन्टेन रेस्क्यु सर्भिस, हिमालयन सोसियल जर्नी ट्रेकिङ, अल्पाइन रेस्क्यु, कैलाश चार्टर रेस्क्यु, माउन्टेन हेली चार्टर र इगल हेली चार्टर सर्भिस रहेका छन् ।
Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी