क्रोएसियाका मारियो मान्जुकिचद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

42 Hits

एजेन्सी/
क्रोएसियाको राष्ट्रिय फुटबल टोलीका फुटबलर मारियो मान्जुकिचले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । रसिया विश्वकपमा क्रोएसियालाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका खेलेका उनले बुधबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका हुन् ।

हाल इटालीको क्लब युभेन्ट्सबाट व्यावसायिक फुटबल खेलिरहेका उनले सामाजिक सन्जाल इन्स्ट्राग्राममार्फत् आफ्नो सन्यास घोषणा गरेका हुन् । राष्ट्रिय टोलीमा ११ वर्ष बिताएका यी खेलाडीले क्रोएसिया विश्वकपको उपविजेता बन्नु नै आफ्नो ठूलो सफलता रहेको भन्दै खुसी व्यक्त गरेका छन् ।

हाल ३२ वर्ष पुगेका उनले समर्थकका नाममा सन्देश पनि लेखेका छन् । ‘हामीले हाम्रो सपना साकार बनायौं । र, ऐतिहासिक सफलता पनि लियौं । यो मेरो खेल जीवनकै सबैभन्दा महत्वपूर्ण सम्झना हो,’ उनले भनेका छन् ।

सन् २००७ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका मान्जुकिचले राष्ट्रिय जर्सीमा ८९ खेल खेल्दै ३३ गोल गरेका छन् ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी