सुत्केरीलाई डोजर भरोसा !

34 Hits

काठमाडौं, ३१ साउन ।जिल्लाको दक्षिणी भेगमा पर्ने शैलुंगेश्वर गाउँपालिका ८ मनगाउँकी शान्ति श्रेष्ठलाई सोमबार बिहानै सुत्केरी व्यथाले च्याप्यो ।
सुरुमा त स्थानीय महिलाले उनलाई गाउँमै सुत्केरी गराउने तयार थाले ।

तर घरमै सुत्केरी गराउन गाह्रो परेपछि स्वास्थ्य स्वयंसेविकाको सल्लाहमा उनलार्य स्वास्थ्यचौकी लैजाने निधो भयो ।

तर जने कसरी ? झरी रोकिएको थिएन । ग्रामीण सडक हिलाम्मे थियो ।

सवारीसाधान चल्न छाडेको धेरै भएको थियो ।
व्यथाले च्याप्दै लगेकाले पिठयुँमा बोकेर लैजाँदा पनि ढिला हुन्थ्यो ।

यस्तै अप्ठेरोम स्थानीय मिलन श्रेष्ठको डोजर काम लाग्यो । बर्ष दिनअघि मिलनले किनेको डोजर सुत्केरी व्यथाले छटपटाउँदै गरेकी शान्तिका लागि वरदान साबित भयो ।, आजको नागरिकदैनिकमा यो खबर छ ।

साँझ ७ बजे मनगाउँबाट हिँडेका उनीहरु राति १० बजे शैलुंगेश्वरको भैँसेबजारमा रहेको स्वास्थ्यचौकी पुगे ।
राति नै स्वास्थ्यचौकीकी अनमी सावित्रा पुलामी मगरले सुरक्षित तरिकाले शान्तिलाई सुत्केरी गराईन ।
शान्तिले छोरी जन्माईन । छोरी बाकेर मंगलबार बहान मिलनकै डोजरमा उनी घर फर्किइन ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी