स्थानीय तहमा १४ सय ३४ प्राविधिक कर्मचारीको दरबन्दी थप्ने तयारी

79 Hits

काठमाडौं – स्थानीय तहमा स्वास्थ्यका प्राविधिक कर्मचारी नहुँदा समस्या देखिएपछि सरकारले दरबन्दी थप्ने तयारी गरेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्थानीय तहमा १४ सय ३४ प्राविधिक कर्मचारीको दरबन्दी थप्ने तयारी गरेको हो  । स्वास्थ्य क्षेत्रका कर्मचारी नहुँदा औषधिको खरिददेखि खोप सञ्चालन कार्यक्रम तर्जुमामा समेत समस्या देखिएको थियो  ।

मन्त्रालयका प्रवक्ता मोहम्मद दाउदका अनुसार १४ सय ३४ कर्मचारीको दरबन्दी थप्ने फाइल मन्त्रिपरिषद्मा पुगेको छ ।

मन्त्रालयले जनसंख्याका आधारमा कर्मचारीको दरबन्दी मिलाएको छ । कम्तीमा २५ हजारभन्दा कम जनसंख्या भएको स्थानीय तहमा एकजना स्वास्थ्यकर्मीको प्रस्ताव गरिएको छ । २५ हजारभन्दा बढी जनसंख्या भएकामा दुईजना, ५० हजारदेखि एक लाखसम्म जनसंख्या भएको तहमा तीनजना र सोभन्दा बढी जनसंख्या भएका तहमा चारजना स्वास्थ्यकर्मी राख्ने तयारी छ  ।

 

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी