सञ्चारमाध्यम जनताको पक्षमा उपयोग हुनुपर्छः उपसभामुख

36 Hits

काठमाडौं– उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सञ्चार माध्यम जनताको पक्षमा उपयोग हुनुपर्ने बताएकी छीन् ।
तेह्रथुमको आठराई संक्रान्तिस्थित सामूदायिक रेडियो आठराईको अनलाइन संस्करण काठमाडौंमा बुधबार शुभारम्भ गर्दै उपसभामुख डा. तुम्बाहाङ्फेले जनताको चेतना अभिवृद्धि गर्न सञ्चारमाध्यमले सहयोगी भूमिका खेल्ने बताइन् ।

‘जनताको चेतना वृद्धि गर्न सञ्चारमाध्यमले धेरै मद्दत पुग्छ,’ उनले भनिन्, ‘जनतालाई केन्द्रविन्दुमा राखेर सञ्चारमाध्यमले सूचना दिनुपर्छ ।’ समाजमा नकारात्मक मात्रै होइन सकारात्मक क्रियाकलाप पनि हुने उल्लेख गर्दै उपसभामुख डा. तुम्बाहाङ्फेले त्यस्ता विषयवस्तुमा पनि कलम चलाउन सञ्चारकर्मीलाई आग्रह गरिन् ।

संसदले धेरै कानुनहरुलाई टुंगोमा लगिरहेको बताउँदै उपसभामुखले महिला, अल्पसंख्यक र पछाडि पारेको समूदायका पक्षमा कानुनहरु निर्माण हुनेमा ढुक्क रहन आग्रह गरिन् । कार्यक्रममा पूर्वराज्यमन्त्री सिता गुरुङ, प्रतिनिधिसभाका सांसद भवानी खापुङ लगायतले रेडियोको सफलताको शुभकामना दिए ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी