भुकम्प प्राधिकरणमा पुन: शुशील ज्ञवाली नियुक्त

190 Hits

काठमाडौं, ३० साउन।
राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन सुशील ज्ञवाली नियुक्त भएका छन् ।

सरकारले ज्ञवालीलाई पुनः प्राधिकरणको सीईओमा नियुक्त गरेको हो । यस अघि ओली नेतृत्वको सरकारले ज्ञवालीलाई प्राधिकरणको प्रमूख बनाएको थियो । उनलाई नेपाली कांग्रेससँग सत्ता साझेदारी गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले हटाएको थियो ।

२०७२ वैशाखको भूकम्प प्रभावितहरुलाई राहत तथा पुनर्स्थापनाका लागि गठन भएको प्राधिकरणको सीईओ पदमा कांग्रेस र एमाले निकट व्यक्तिहरुकै नियुक्ती भइरहेको छ ।

सुरुमा गोविन्दराज पोखरेल सीईओ थिए । तर, केपी ओली सरकारले उनलाई हटाएर ज्ञवालीलाई नियुक्त गरेका थिए । पछि कांग्रेस र तत्कालीन माओवादी केन्द्रको सरकारले ज्ञवालीलाई हटाएर पोखरेललाई पुनः प्राधिकरण प्रमूख बनाएको थियो ।

पोखरेलले संघीय संसदको चुनावका बेला कांग्रेसबाट उम्मेदवार बन्ने भएपछि राजीनामा दिएर खाली गरेका थिए । उनको स्थानमा पूर्वप्रशासक युवराज भुसाललाई नियुक्त गरिएको थियो । भुसाललाई हटाएपछि रिक्त रहेको स्थानमा पुन ज्ञवाली नियुक्त गरिएका हुन् ।

ज्ञवालीले सीईओमा पुनर्वहाली गरिपाउँ भन्दै सर्वोच्चमा मुद्दा हालेका थिए । तर, सरकारले नियुक्ति दिएपछि उनी मुद्धा फिर्ता लिने तयारीमा रहेको बुझिएको छ।

Loading...

Related News

नेपाल र चीनबीच पारवहन सम्झौताको प्रोटोकल पारित: के छ प्राेटाेकलमा ?

काठमाडौं , ५ चैत – नेपाल र चीनबीच पारवहन सम्झौताको प्रोटोकललाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ । दुई देशबीच पारवहन सम्झौताको प्रोटकलमा…

कलंकी मालपोतमा मन्त्रीको छड्के, डिजिटल बन्दैछन् मालपोत

काठमाडौं, ३ चैत । भुमिसुधार मन्त्री पद्यमा अर्यालले कलंकीमा रहेको मालपोत कार्यालयको अनुगमन गरेकी छिन् । देशभरीका मालपोत र नापी…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी