भारतले मनायो स्वतन्त्रता दिवस, लाल किल्लामा प्रधानमन्त्री माोदीले दिए यस्तोे भाषण
काठमाडौं, ३० साउन
भारतले आफ्नो ७२औं स्वतन्त्रता दिवस भव्य रुपमा मनाएकाे छ। साे अवसरमा छिमेकी देश भारतले नेपाललाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको छ । स्वतन्त्रता दिवसको अवसरमा नेपालस्थित भारतीय दूतावासले नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थालाई सो संख्याका एम्बुलेन्स र बस दिएको हो ।
दूतावासले काठमाडौंको लैनचौरस्थित आफ्नो कार्यालयमा आयोजना गरेको कार्यक्रमबीच नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले नेपाललाई ती एम्बुलेन्स तथा बस हस्तान्तरण गरे ।
त्यसैगरी, समारोहमा भारतीय सेनामा गई वीरगति प्राप्त गरेका तथा अपांग भएका नेपालका परिवारलाई पनि दूतावासले ५ करोड ३५ लाख नगदसमेत प्रदान गरेको छ ।
यसअघिका विभिन्न भारतीय स्वतन्त्रता दिवसकै अवसरमा भारतले नेपाललाई ६ सय ९२ वटा एम्बुलेन्स र १ सय ३६ वटा बस दिइसकेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले लालकिल्लामा अायाेजित विशाल कार्यक्रमलाइ सम्बाेधन गरेका छन् । हेराै, भारतीय स्वतन्त्रा दिवसकाे भिडियाे :