बाढिको वितण्डा कायमै : जाजरकोटमा पुल, म्याग्दीमा स्कूल बगायो, तराईमा डुबे बस्ती

222 Hits

काठमाडौं, ३० साउन ।
साउन सकिनै लाग्दा वर्ष र वाढीको वितण्डा भने कायमै छ । तराईमा डुवानका समस्या छन् भने पहाडमा वाढी र पहिरोको क्रास छ ।
पछिल्ले ताजा समाचार अनुसार कालीगण्डकी नदीले विद्यालय बगाएको छ । अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालय कालीगण्डकीले बगाएको हो ।

कालीगण्डकीले धार परिवर्तन गरेपछि ६ कोठे भवन बगाएको प्रहरीले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले दिएको जानकारी अनुसार कक्षा तीनसम्म पठनपाठन हुने उक्त विद्यालयमा २० विद्यार्थी अध्ययनरत छन्।

केही दिनदेखि निरन्तर वर्षा भइरहेकोले कालीगण्डकीको बाढी करीब ४० मिटर बस्तीतर्फ पसेको छ । बाढीले लगातार जग्गा कटान गरिरहेको छ । पाँच दिनअघि कालीगण्डकीले आफ्नो धार परिवर्तन गरेर कटान शुरु गरेको हो । बाढीका कारण मुस्ताङ प्रवेश गर्ने पदमार्गमा पर्ने कोप्चेपानीको बस्ती जोखिममा रहेको वडाध्यक्ष चन्द्रप्रकाश फगामीले जानकारी दिए । कोप्चेपानीमा २४ घरधुरीको बसोबास छ ।

जाजरकोटमा पुल बगायो
जाजरकोट नलगाड नगरपालिका वडा नम्बर ५ कालिमाटीमा झुम्रे खोलाले कालीमाटीमा रहेको पुल र घुआरामा रहेको झुलुगे पुल वाढीले बगाएको छ ।
गए राति आएको भिषण वाढीले घुहारामा रहेको मिल , कालीमटीमा रहेको खिमलाल जैसीको घर र १५ वटा घुम्ती पसल समेत वगाएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकवहादुर रावलले जानकारी दिए । दर्जन घरहरु खोलाको कटानका कारण जोखिममा परेका छन् । खोलाका किनारमा रहेका दर्जन वढी पानी घट्टहरु बाढीले बगाएको नगरप्रमुख रावलले जानकारी दिए ।

त्यसैगरी पर्वत जिल्लाको लस्ती खोलामा आएको बाढीका कारण लस्तीबजार जोखिममा परेको छ । जलजला गाउँपालिका ७ र ८ को सीमाक्षेत्र लस्तीबजारको जग्गा बाढीले निरन्तर कटान गरिरहेको छ । करीब एक सय परिवारको बसोबास रहेको यस बजार क्षेत्रमा हालसम्म दुवै वडाका २५ परिवार विस्थापित भइसकेका छन् ।

साउन एक गते यहाँ पहिरो र बाढीका कारण एक जनाको मृत्यु भएको थियो भने तीन घाइते भएका थिए । विस्थापित परिवार आफन्तकहाँ आश्रय लिएर बसेका छन् । कटानका कारण म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुङ्गा–बेनी सडक जोखिममा छ ।
उता तराईको सप्तरीमा तीन दिनदेखिको अविरल वर्षाका कारण बलान खोलामा आएको बाढीले बलान बिहुल गाउँपालिकाको बेलही गाउँ उच्च जोखिममा परेको समाचार छ ।

सप्तरी र सिरहाको सिमाना भएर बग्ने बलान खोलाले बलान बिहुल गाउँपालिका वडा नम्बर ४ मा कटान गर्न थालेपछि करिब ५० र ६० परिवार बसोबास गरेको बेलही गाउँ उच्च जोखिममा परेको हो ।
यस अघि बाँध निर्माण गरेर बलानको बाढी नियन्त्रण गरिएको थियो तर २ र ३ वर्षअघिको बाढीले बाँध भत्काएपछि हरेक वर्ष गाउँ जोखिममा पर्ने गरेको छ ।

त्यसैगरी दर्जनौं ठाउँमा पहिरो खसेपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक पनि हिजो देखि अवरुद्ध बनेको छ ।

छयहत्तर किलोमिटर दूरीको सडकको बेनीदेखि घासा खण्डमा पहिराका कारण सवारी आवागमन बन्द भएको हो । सडक अवरुद्ध हँदा मुस्ताङ जाने आउने पर्यटक, तीर्थयात्री र स्थानीयवासी बाटामै अलपत्र परेका छन् । म्याग्दीका तितर, काभ्रेभीर, गुइँठे, रुप्से, बैसरी र बेगखोला क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।

वर्ष याममा वर्षेनी आउने वर्ष वाढि र पहिरोले लाखौंको धनमाल नोक्सान हुने गरेको छ । क्षती भइसकेपछि मात्रै चासो र सतर्कता देखाउने बानी परेको नेपालको सरकार र सरोकावाला निकाय क्षती पुर्व जोखिम न्युनीकरणमा लाग्न नसक्दा सधैं यस्तै नियति नेपालीले भोग्नुपरिरहेको छ ।

Loading...

Related News

फ्लोरिडा र आसपासका क्षेत्रमा माइकल आँधी आउने सम्भावना

बीबीसी- काठमाडौ, २४ असोज – अमेरिकाको फ्लोरिडा र आसपासका क्षेत्रमा बुधवार माइकल आँधी आउने भयबीच दशौँ हजार मानिसलाई सुरक्षित स्थानतर्फ…

लमजुङबाट सिकाैं : २४ घण्टा भित्र उद्धार, ९६ घण्टा भित्रै राहत

लमजुङ, ३० भदौ – लमजुङ जिल्लामा गत भाद्र २७ गते आएको बाढी, पहिरोबाट प्रभावित परिवारलाइ विपद गएको ४ दिन भित्रै…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी