सुन पछि लसुनको कुरा, बजार पाएन लसुनले

128 Hits

रुकुम (पश्चिम), ३० साउन ।
मुसिकोट नगरपालिका–१० चौखावाङका किसानले उत्पादन गरेको लसुनले उचित मूल्य नपाउँदा किसानरू मर्कामा परेका छन् । करिब तीन सय क्विन्टल लसुनले बजार नपाएपछि कुहिएर बिग्रिन थालेको बताइएको छ ।

लसुन बिक्री नभएर बिग्रिने अवस्थामा पुग्दा पनि घरमै थन्किनुपरेको किसानहरूले बताएका छन् । अघिल्ला वर्षमा प्रतिकिलो १२० रुपियाँसम्म मूल्य पाएका किसानले यो वर्ष ८० रुपियाँभन्दा बढी नपाउने भएपछि लसुन बिक्री नै नगरेका हुन् । बजारसम्म पुयाउन सडकको समस्या भएको बोरामा राखेर ल्याउँदा झन् बढी खर्चिलो हुने वडा सदस्य वसन्त खड्काले बताउनुभयो ।

आजको गोरखापत्रमा सुरेन्द्र खत्रीले लेखेको समाचार छ- 
यहाँका कृषक खम्बुबहादुर खड्का र झुपलाल खड्कासँंग मात्र सय क्विन्टल लसुन रहेको बताइएको छ । लसुनले उचित बजार मूल्य नपाउने भएपछि बिक्री नगरेको झुपलालले बताउनुभयो । अहिलेको बजार भाउमा बिक्री गर्दा खर्चसमेत नउठ्ने उहाँको भनाइ छ ।

आफूहरूले उत्पादन गरेको लसुन बिक्रीका लागि स्थानीय सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । दस नम्बर वडाका करिब ४० घरधुरीले उत्पादन गरेको लसुन बिक्री हुन नसकेको र अझै केही दिनसम्म पनि बिक्री नभएमा काम नलाग्ने अवस्थामा पुग्ने बताइएको छ ।

आफ्नो वडामा करिब ३० लाख बराबर मूल्यको लसुन बिक्री हुन नसकेको वडा सदस्य खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिघर दुई क्विन्टलदेखि ५० क्विन्टलसम्म लसुनले बजार नपाएर थन्किएको छ ।

सडक समस्याले बजारसम्म पु¥याउन नसक्दा मूल्य पनि नपाएको हो, उहाँले भन्नुभयो, बजारसम्म पु¥याउने हो भने व्यापारीहरू सम्पर्कमा हुनुहुन्छ, हामीहरू समाधानका लागि सोचिरहेका छौँ । चाँडै नै नगरपालिकाको जेसीबी लिएर सडक सफा गर्ने र गाउँदेखि गाडीबाट ढुवानी गर्ने व्यवस्था मिलाउने उहाँको भनाइ छ ।

Loading...

Related News

यी हुन् सबैभन्दा धेरै कर तिर्ने करदाता : सूर्य नेपाल पहिलो

काठमाडौं, २ मंसीर – नेपालका सबैभन्दा धेरै कर तिर्ने करदाताको सूची सार्वजनिक भएको छ। आन्तरिका राजश्व विभागले सातौं कर दिवसका…

मध्यभोटेकोशी जलविद्युतको साधारण शेयर खुल्यो, यसरी लिनुहोस्

काठमाडौँ, २९ कात्तिक । मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि एक अर्ब ४४ करोड बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी