गाउँ गाउँमा सिंंहदरवार पुगेको खुशि फैलिन नपाउँदै बढ्यो करको त्रास

159 Hits

 

 

काठमाडौं, २९ साउन । जनजिवन नै प्र्रभावित हुुनेगरी स्थानिय निकायले कर वृद्धि गरेको भन्दै सांसदहरुले सरकारको आलोेचना गरेका छन् । आज बसेको प्रतिनीधिसभाको बैठकमा बोल्दै सांसदहरुले स्थानिय निकायले हरेक विषयमा जनतासंग कर असुल्न नहुने बताएका छन् । एकातिर सुखि नेपाली , समृद्ध नेपालको नारा सरकारले दिएको छ भने अर्कोतर्फ सरकारका विभिन्न तहले जनताको ढाड भाँच्ने गरि कर लगाउन शुरु गरेको छ । राज्य जनताको करबाटै चल्ने हो तर त्यसका लागि जनताको आय आर्जन बढाउनका लागि केही कार्य थालनी गरेपछि बल्ल करको दायरा पनि बढाउँदा स्वभाविक होला । अझैै पनि धेरै नेपाली जनतालाई दुई छाक खानकै लागि संंघर्ष गर्नु परेको छ । यस्तो अबस्थामा स्थानिय निकायले हरेक कुरामा कर लगाउँदा पहिलो पटक स्थानिय निकायका रुपमा गाउँ गाउँमा सिंंहदरवार आयो भनेर खुशि भएका जनताले सरकार गाउँमा पुगेकोमा अभिसाप मान्नुपर्ने दिन नआउँला भन्न सकिन्न ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी