५१ वर्षपछि राहदानीसम्बन्धी नयाँ कानुन, दूरुपयोग गरे यस्तो कारवाही

146 Hits

काठमाडौं, २८ साउन ।

सरकारले ५१ वर्षपछि राहदानीसम्बन्धी नयाँ कानुन बनाउँदै छ । राहदानी ऐन ०२४ लाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सरकारले संसद्मा दर्ता गराएको छ । राहदानी दुरुपयोग गर्नेलाई दुईदेखि पाँच लाखसम्म जरिवाना वा एकदेखि तीन वर्षसम्मको कैद वा दुवै सजाय हुने व्यवस्था विधेयकमा गरिएको छ ।

झुटा विवरण दिई राहदानी वा लिन प्रयत्न गरेमा, अनुमतिपत्र वा राहदानी नलिई विदेश गएमा वा जाने प्रयत्न गरेमा, सरकारको आदेश वा निर्देशन पालना नगरेमा, उद्देश्यविपरीत राहदानी प्रयोग गरेमा, आफ्नो पासपोर्ट अरूलाई प्रयोग गर्न दिएमा, राहदानीमा भएको फोटो वा विवरण सच्याएमा, अन्य व्यक्तिको राहदानी मञ्जुरी नलिई बदनियतपूर्वक नियन्त्रणमा राखेमा दण्डसजाय हुनेछ ।

हाल राहदानी ऐनमा पासपोर्ट दुरुपयोग गर्नेलाई पाँच सय जरिवाना वा एक वर्षसम्म जेल सजायको व्यवस्था छ ।-  नयाँ पत्रिकामा यो खबर छ ।

विधेयकका  मुख्य विषय
-कूटनीतिक वा विशेष राहदानीबाहकले साधारण राहदानी प्राप्त गर्न सक्ने । -साधारण राहदानीबाहकले प्रचलित कानुनबमोजिम कूटनीतिक वा विशेष राहदानी प्राप्त गर्न सक्ने । -राहदानीको बहाल अवधि एक वर्षभन्दा बढी बाँकी रहे पनि च्यातिएमा, नबुझिने भएमा, महिलाको थर परिवर्तन भएमा, विभागबाट तयार भएको राहदानी व्यक्तिलाई नदिई हराएमा, नाबालकको उमेर १६ वर्ष पुगी लिन चाहेमा राहदानी पाउने ।

-पानीजहाजमा काम गर्न जाने नेपाली नागरिकलाई विभाग वा नियोगले सिम्यान्स पासपोर्ट जारी गर्न सक्ने । -विदेशमा रहेको नेपाली नागरिकको राहदानी बहाल रहने अवधि सकिएमा/हराएमा नयाँ पासपोर्ट जारी नहुन्जेलसम्मका लागि ९ महिना अवधिको अस्थायी राहदानी जारी गर्न सक्ने ।

Loading...

Related News

सांसद तथा गुण्डा नाइके मनाङे सर्बोच्चको आदेशपछि जेलमुक्त

काठमाडौं, ६ पुस । ज्यान मार्ने उद्योग मुद्दामा डिल्ली बजार सदरखोर जेलमा रहेका गुन्डा नाइके दीपक मनाङे भनिने राजीव गुरुङ…

आफ्नै श्रीमतीलाई बलात्कार गर्ने युवक पक्राउ, नाम गोप्य

ताप्लेजुङ, ६ पुस । आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा ताप्लेजुङमा एक युवक पक्राउ परेका छन् । सिरिजङ्गा गाउँपालिका–२ आम्बेगुदिनस्थित २०…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी