पोखरा पुगेर मन्त्री मगरले भनिन् -जनतालाई शुद्ध पानी खुवाउने मेरो दायीत्व हो

38 Hits

पोखरा, २६ साउन ।

खानेपानी तथा सरसफाई मन्त्री बिना मगरले जनतालाई स्वच्छ खानेपानी खुवाउने कार्य आफ्नो दायीत्व भएको बताएकी छिन् ।


पोखरा उद्योग वाणिज्य संघको अगुवाईमा पोखराको खानेपानी शुद्धीकरण अभियानअन्तर्गत खानेपानी मुहान मर्दी खोला क्षेत्रमा निर्मित शवदहन गृह तथा शौचालय समुदायलाई हस्तान्तरण गर्दै मन्त्री मगरले सो कुरा बताएकी हुन ।

संविधानमा समेत स्वच्छ खानेपानी जनताको नैसर्गीक अधिकार भएको उल्लेख गरेकाले मन्त्रालयले कार्य योजना बनाएर काम गरिरहेको उनले बताइन । उनले भनिन्, ‘प्रत्येक घरमा स्वच्छ खानेपानी पुर्याउने गरी सरकारले काम गरिरहेको छ ।’

कार्यक्रममा मन्त्री मगरले पोखरामा खानेपानीको मुख्य स्रोत सेती नदी र मर्दी खोलामा निमार्ण गरिएको तीन शवदहन गृह तथा शौचालय समुदायलाई हस्तान्तरण गरेकी थिइन् । यसअघि गत पुसमा पहिलो चरणमा शौचालय, शवदहन गृहलगायत निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको थियो ।

बिगत लामो समयदेखि अशुद्ध खानेपानी प्रयोग गरिरहेका पोखराका बासिन्दा अब शुद्ध पानी पिउन पाउने भएका छन् । पोखरा बजारमा आउने पानीको मूख्य मुहानमा शुद्धीकरण परियोजनाअन्र्तगत संरचना निमार्ण भएसगै पोखराका बासिन्दाले शुद्ध पानी प्रयोग गर्न पाउने भएका हुन ।

कार्यक्रमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले जनताले पिउने पानी शुद्ध बनाउनु सबैको दायित्व भएको बताउँदै, यस क्षेत्रका स्थानीयको माग र आवश्यकतालाई सम्बोधन गर्ने गरी अघि बढ्ने बताए ।

पोखरामा मर्दीखोलाबाट दैनिक तीन करोड लिटर, बालधाराबाट चार लाख लिटर, भोटीखोलाबाट साढे दुई लाख लिटर पानी आपूर्ति हुँदै आएको छ । अहिले पोखराको दैनिक साढे चार करोेड लिटर पानीको माग रहेको छ ।

Related News

सुरुङ फिनिसिङको कार्य तत्काल सम्पन्न गर्न खानेपानी मन्त्री मगरको निर्देशन

काठमाडौं : खानेपानी मन्त्री बिना मगरले बागमतीको पानीलाई प्रशोधन गरेर राजधानी उपत्यकाका जनतालाई पुर्‍याउने योजनाको निरीक्षण गरेकी छन्। मन्त्री मगरले…

खानेपानी मन्त्री बीनाले गरिन् प्रकाश स्मृति स्तम्भको शिलान्याश

मूलखबर स‌बाददाता काठमाडाै‌, २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा तत्कालिन नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा सगरमाथा आरोही दिवंगत…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी