जनतालाई अझ बढि अधिकार सम्पन्न बनाउन संघीयताः अध्यक्ष प्रचण्ड

32 Hits

चितवन, २६ साउन ।
नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष प्रचण्डले संघीयता जनतालाई अझ बढि अधिकार सम्पन्न बनाउनका लागि भएको बताउनु भएको छ । शनिवार बिहान चितवनमा आयोचित संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
अध्यक्षले भन्नुभयो, ‘स्थानीय निकाय र प्रदेशको संरचना जनतालाई अझ धेरै सेवा प्रदान गर्न, विकासलाई गति दिन र जनतालाई अधिकार सम्पन्न बनाउनका लागि हो ।’ उहाँले कर र मूल्यबृद्धि सम्बन्धी जनताको चिन्ता आफूहरुले पनि महशुस गरेको र त्यसलाई सम्बोधन गर्न उपायहरुको खोजी भइरहेको जानकारी दिनुभयो । यसप्रति पार्टी र सरकार गम्भीर रहेको पनि उहाँको भनाई थियो । उहाँले आफ्ना कामहरुलाई सरकारले बेलाबेलामा समिक्षा गर्दै र जनअनुमोदनलाई सम्बोधन गर्दै गएको स्पष्ट पार्नुभयो ।
उहाँले एक अर्को प्रसंगमा भन्नुभयो, ‘वामपन्थी सरकारको सबैसँग सम्वाद, सहकार्य र सहमति गर्ने उद्देश्य हो । सरकारले सुशासन र विकासलाई मुख्य नारा बनाएको छ । यो अवस्थामा अरु कुनै वितण्डता तिर लैजानु भन्दा सबै पक्ष खुलस्त ढंगले सम्वाद, वार्ता र सहमति गर्ने तिर आउनु पर्यो । वितण्डता मच्चाएर केही हुन्छ भन्ने सोच्नु साहै्र ठूलो अज्ञानता बाहेक केही पनि हुन्न ।’
चीन तथा भारतको भ्रमणका बारेमा प्रष्ट पार्दै अध्यक्षले भन्नुभयो, ‘अहिले हामी समृद्धि र विकासको यात्रामा अगाडि बढ्दै गएको परिस्थिति हो । भारत र चीन जाँदा विकास निर्माणका कामलाई गति दिने उद्देश्यले दुबै छिमेकीसँग अझ राम्रो वातावरण बनाउने र सहयोग जुटाउनेमा मेरो भ्रमण केन्द्रित हुन्छ ।’

Related News

सहिदको रगत र बलिदानीबाट नै देशमा कम्युनिष्टको सरकारः प्रचण्ड (भिडियाे)

रामेछाप । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदले बगाएको रगत र बलिदानीबाट नै देशमा कम्युनिष्टको बहुमतको सरकार बनाउन…

प्रचण्ड भारत र चीन जाँदै, के के छन् एजेण्डा ?

काठमाडौं, २५ साउन । पुर्व प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत र चीन  भ्रमणमा…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी