नेपाल–भारत सीमाका ५ सय स्तम्भ हराए, कसरी हुन्छन् गायब ?
काठमाडौं, २५ साउन ।
नेपाल–भारत सीमाका करिब ५ सय स्तम्भ हराएका छन् । नापी विभागले चार वर्ष लगाएर ताप्लेजुङदेखि दार्चुलासम्म गरेको सीमा–अध्ययनमा यस्तो पाइएको हो ।
नापी विभागअन्र्तगत स्थलरूपी तथा भू–उपयोग व्यवस्थापन महाशाखाका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार यसको विवरण संकलन भइसकेको छ । अद्यावधिक हुन भने बाँकी छ । ‘संख्यामा केही तलमाथि हुन सक्छ’, उनले भने, ‘नदीनालाले सीमा छुट्याएका ठाउँका स्तम्भ भेटिएका छैनन्, जमिनका थोरै मात्र हराएका छन् । बाढी आउँदा धेरै स्तम्भ बगाएको हुनसक्छ ।’
उनका अनुसार कुनै ठाउँमा नियतवश बेपत्ता पारिएको पाइएको छ । कतिपय भत्किएर र बिग्रिएर पनि हराएका छन् । मेची, नारायणी र महाकालीलगायत ५७ नदीले नेपाल–भारतबीच सीमाको काम गरेका छन् । नेपाल–भारत सिमानाको १ हजार ८ सय ८० किलोमिटर क्षेत्रमा ६ सय ४० किलोमिटर क्षेत्रमा नदीनाला पर्छन् । सापकोटाका अनुसार सन् २०१४ यता सीमासम्बन्धी प्राविधिक काम गर्न गठित नेपाल–भारत संयुक्त ‘बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी)’ गठनपछि दशगजामा रहेका ८ हजार ५ सय ५३ सीमास्तम्भको निरीक्षण गर्दा ८ हजार ५४ वटा राम्रो अवस्थामा पाइएको छ । १ हजार ३४ नयाँ स्तम्भ निर्माण गरिएका छन् । तीन वर्षका लागि गठन भएको बीडब्लूजीको समय ५ वर्ष थपिएको छ ।
अन्नपूर्ण पोष्टमा सुरेन्द्र काफ्ले लेख्छन् –
महाशाखाका अनुसार २०७१/७२ देखि २०७४/७५ को अवधिमा गरिएको सर्भेमा १ सय १६ सीमास्तम्भ मात्र दुरुस्त अवस्थामा भेटिएका छन् । १ हजार ५ सय ४३ वटाको मर्मतसम्भार गरिएको छ । एउटा मुख्य स्तम्भबाट अर्को स्तम्भको दुरी २ किलोमिटर छ भने सहायक स्तम्भ आवश्यकताका आधारमा राखिने गरिएको छ ।
सीमाविद् बुद्धिनारायण श्रेष्ठ भने करिब ४ सय सीमास्तम्भ हराएको बताउँछन् । उनका अनुसार १ सय ७० भन्दा बढी स्तम्भ खोलाले बगाएका र २ सयभन्दा
बढी हराएका छन् । नेपाल–भारत सीमा क्षेत्रका ८ हजार ५ सय ५३ सीमास्तम्भमध्ये ४ हजार ४ सय २० पछिल्लो समय बनाइएका छन् ।
२०४५ को नेपाल–भारत सम्झौता र २०२१ सालको नापीबाट करिब १२ सय हेक्टर नेपाली भूभाग भारततर्फ पुगेको अनुमान छ । त्यति नै मात्रामा भारतीय भूभाग नेपालतर्फ आएको उताको दाबी छ । २०४५ सालमा सन् १८१६ मा भएको सुगौली सन्धि पछिको सबैभन्दा पुरानो उपलब्ध नक्साका आधारमा सीमा कायम गर्ने सम्झौता भएको थियो । विसं २०२१÷२२ मा सुरु भएको जग्गा नापी कार्यक्रमअन्तर्गत सीमा क्षेत्रमा नापी हुँदाका बखत रहेको हकभोगका आधारमा जग्गाधनीलाई पुर्जा दिइएको छ ।
किन हुन्छन् सीमास्तम्भ गायब
सीमाविद् बुद्धिनारायण श्रेष्ठ सीमास्तम्भ हराउने मुख्य दुई कारण रहेको बताउँछन् । उनका अनुसार सीमास्तम्भ जानी नजानी सीमा क्षेत्रका बासिन्दाले भत्काउने र ढाल्ने गरेका छन् भने नदीनालाले धार परिवर्तन गरेर, बाढीले बगाएर पनि स्तम्भ लोप भएका छन् । आफ्नो जग्गाको क्षेत्रफल बढाउन सीमावर्ती क्षेत्रका जनताले स्तम्भ उखेल्ने समेत गरेका छन् । २÷४ कट्ठा वा बिघा जग्गा अतिक्रमण गर्न सीमास्तम्भ जगैबाट भत्काएर फाल्ने गरेका छन् । यसलाई क्रस होडिङ अकुपेसन (सीमा वार जोत जग्गा दखल) भनिन्छ ।
नेपालमा ६ हजार बढी नदीनाला, खोल्सा, खहरे छन् । जसमा ६० नदी बनेर भारततर्फ बग्छन्, जसमध्ये २० वटाले नेपाल–भारत सीमानाको काम गर्छन् । उदाहरणका लागि कैलालीको मोहना नदीले धेरै स्तम्भ बगाएको छ । उनले कतिपय स्थानमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले समेत नियतवश नै स्तम्भ सारेको पाइएको दाबी गरे ।
Услуги индийского колдуна Садху
привлечение денег , привлечение успеха 100% гарантия исполнения!
И многие другие услуги!