महिला र बाल अधिकारबारे अहिले नबोले कहिले बोल्ने ?

163 Hits

-लक्ष्मी बस्नेत–

‘बालश्रमको प्रयोग नगरौं’ यहि भावको नारा बनाएर गएको जुन १२ मा बालश्रम विरुद्धको दिवस मनायौं । हामी वर्षैंदेखि बालश्रम अन्त्य गरौं भन्दै बालश्रम विरुद्धको दिवस मनाउँदै आइरहेका छौँ ।

नारामा बालबालिकालाई काममा लगाउनै हुँदैन भन्छौं । तर, व्यवहारको अनुगमन भने नगण्य सरह छ । हामीले धेरै टाढा जानै पर्दैन । सार्वजनिक यातायात, होटल, मसाज सेन्टर, रातमा चल्ने मनोरञ्जन क्षेत्र जहाँ पुगौं सहजै बालश्रम देख्न सक्छौं । ती देख्दा लाग्छ, कानुन त कागजको खोस्टा मात्रै हो, लेख्यो थन्क्यायो । कार्यान्वयन त कहाँ हुन्छ र ?

तपाईं काठमाडौंको ठमेल, रत्नपार्क, बागबजार, बसपार्क आसपास, गोंगबु, नयाँ बसपार्क, गौशला, चाबहिल, कलंकी आदि ठाउँहरूका होटलमा पुग्नुभएको पक्कै छ होला । छैन भने सहजै जान सक्नुहुन्छ ।

एक दिन मात्रै ती ठाउँका होटलमा अलि मिहिन ढंगले अनुगमन गर्ने हो भने सहजै पत्ता लाग्छ, १०/११ वर्षदेखिका बालिकाहरूलाई वयस्क पुरुषहरूले छानीछानी मनोरञ्जनको साधनको रुपमा प्रयोग गरिरहेका छन् ।

नेपालमा व्यवसायिक यौन व्यवसाय कानुनतः वर्जित छ । यौन व्यवसायकै लागि भनेर छुट्याइएको कुनै निश्चित ठाउँ ‘रेड लाइट’ एरिया पनि छैन । यद्यपि यो ओपन सेक्रेट जस्तै भइरहेको छ ।

व्यवसायीहरूको लागि यौन व्यवसाय अर्थात् कमाउने धन्दा । बालिका र किशोरी प्रलोभनमा वा कमाउने आशामा यौन शोषणमा छन् । यही विषयबारे रिपोर्टिङ गर्ने क्रममा प्रत्यक्ष देखिएको छ, ठमेलका केही मसाज पार्लरमा पनि मसाज गर्ने नाम मै यो काम भइरहेको छ । किशोरीहरूलाई कामदारका रुपमा राखेर मसाज पार्लरका संचालकहरूले ग्राहकलाई ‘सन्तुष्टि’ दिइरहेका छन् ।

रिपोर्टिङकै क्रममा एक किशोरीले अनुभव सुनाईन्, ‘झण्डै एक वर्ष बन्धक जस्तै बनाइएर काममा लगाए । घर जान पनि दिइँदैनथ्यो । काठमाडौंमा केही गर्ने भन्दै घरबाट अलि टाढाका आफन्त पर्नेसँग भागेर आएँ । पछि मसाज सेन्टरमा पुगें । दिनमा ५र७ जना ग्राहक पनि हुन्छन् । सबै ग्राहक पुरुष हुन्छन् । मसाजका लागि भनेर आउने पुरुष ग्राहकसँग एक्लै कोठामा घण्टौं बिताउनु पथ्र्यो । मसाज त नाम मात्र हो । त्यो भन्दा बढी आफ्नो शरीर सुम्पिनुपथ्र्यो । त्यो पनि ग्राहकले भनेअनुसार ।’

काठमाडौंको गौशाला, चाबहिल क्षेत्रका गेष्ट हाउस ९विदेश जाने र आउनेहरूको बास बस्ने ठाउँ हो । जाने अघिल्लो रात रमाइलो गरेर जाने भनेर आएका भन्नेहरू धेरैसँग रात बिताएको अर्की एक किशोरीले बताइन् ।

मसाज सेन्टर, मसाज पार्लर, होटलहरूमा पुग्दा पनि अचम्म लाग्ने । भर्खरै किशोरावस्थामा प्रवेश गरेका बहिनीहरू बेच्न राखे जसरी राखिएका हुँदा रहेछन् । कोही ‘ग्राहक’ (पुरुष) आएर रोजेर उसले चाहेको ठाउँमा लैजाने अभ्यास खुलम्खुल्ला छ । जान पनि तम्तयार जस्तै छन्, किशोरीहरू पनि ।

भद्दा मेकअप । छोटा, टाइट र फिटिङ कपडा । अनि, अग्ला हिल जुत्ता लगाएर कम्मर लच्काउँदै यताउता गरिरहेका । आफ्नो बुबा, हजुरबुबा, काका उमेरका पुरुष आउँछन् । पसलमा बेच्न राखेका वस्तुसरह यो कि त्यो भन्दै रोज्छन् र लिएर जान्छन् चाहेको ठाउँमा ।

कोही पुरुष आयो कि उसले कसलाई हेर्छ भनेर सबै बालिकाका नजर तिनैतिर । सामान्य व्यक्तिलाई असहज लाग्ने हाउभाउ । त्यति मात्र कहाँ १ उनीहरूको लत यसरी बिग्रिइसकेको हुने रहेछ कि, चुरोट उडाउने बानी सामान्य झैं लाग्ने ।

बाहिरबाट यस्तो दृष्य देख्दा हामीलाई लाग्छ यी किशोरीहरू खुसीले शरीर बेचिरहेका छन् । हामी ठान्छौं पनि पैसाको मोलमोलाईमा यौवन सुम्पिएका छन् । तर उनीहरू आफूलाई बेच्ने तहमा कसरी आइपुगे रु कसैले सोचेको होला त रु

पर्यटकीय क्षेत्र ठमेलको अवस्था अझ फरक छ । मसाज सेन्टर र मसाज पार्लरका नाममा चलेको व्यवसाय पनि त्यस्तै छ । सेवा दिने किशोरीमहिला छन् । सेवा लिने ग्राहक जति सबै पुरुष । किशोरीहरूका कलिला हातले पुरुषको शरीर मसाज भइरहेको छ । त्यही मौकामा किशोरीले शरीर नै सुम्पिनु परेको छ । अझ भनौं मसाज गर्न आउने नाममा पुरुषहरूले किशोरीहरूका शरीरमा ‘मस्ती’ गरिरहेका छन् ।

सामान्य रुपमा सोच्दा लाग्न सक्ला यस्ता ठाउँमा आउने किशोरीहरू किन र कसरी आउलान् रु लाग्नु स्वभाविक पनि हो । तर जब उनीहरूसँग बसेर कुरा गरिन्छ, एकादुई बाहेक अधिकांशको भनाइ हुन्छ बाध्यता ।

कसैको बाबुआमा छैनन् । कतिको आमा छैनन् । बुबाले अर्को श्रीमती ९सौतेनी आमा० ल्याएपछि घरबाट निकालिदिएको । कोही, काठमाडौंमा भाँडा माझेर भए पनि केही कमाइन्छ भन्ने गरिब परिवारका छोरी ।

कोही साथीहरूको लहैलहैमा लागेर भागेर काठमाडौं आउने । केही भने गाउँकै आफन्त पर्ने फुपु, दिदी, आन्टी, मामा, वा चिनेजानेका व्यक्तिले काममा लगाइदिन्छु भनेर घरबाट ल्याएर यस्तो काममा लगाइ दिएको ।

त्यसो त यस्तो अवस्था हालसालै वा एक दुई वर्ष यता मात्रै पनि होइन । डान्स रेष्टुरेन्ट, डान्स बार आदि जस्ता कार्यस्थलमा यौन उत्पीडन हुन्छ भनेर सर्वोच्च अदालतले १२ वर्षअघि नै भनिसकेको छ । हेर्नुस् फैसलाको पूर्ण पाठ ।

वि।सं। २०६२ सालमै अधिवक्ताहरू प्रकाशमणी शर्मा, राजु चापागाईं, रमा पन्त, कविता पाण्डे र शर्मिला श्रेष्ठले संयुक्तरुपमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

मनोरञ्जनका क्षेत्र भनिने होटेल, रेष्टुरेन्ट, दोहोरी साँझ, सानासाना खाजा घर, डान्स बार, गेष्टहाउसहरूले दिनुपर्ने सेवा भन्दा नदिनु पर्ने ‘यौन व्यवसाय’ लाई बढावा दिइरहेका छन् । यिनीहरूको अनुगमन र नियमनका लागि अब पनि बोल्नु पर्ने बेला भएन र रु

जसमा पाँच मन्त्रालय र दुईटा विभागलाई विपक्षी बनाइएको थियो । श्रमजीवि महिलाहरूप्रति डान्स रेस्टुरेन्ट, डान्सबार जस्ता कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्न जारी गरिएको निर्देशिका, २०६५, जुन २०६५ पुस १ गतेदेखि लागू पनि भएको हो ।

निर्देशिकाको प्रस्तावनमा भनिएको छ, ‘डान्स बार, डान्स रेस्टुरेन्ट, क्याविन रेस्टुरेन्ट, दोहोरी साँझ, मसाज पार्लरमा काम गर्ने महिला कामदारहरूलाई कार्यस्थलमा गरिने यौन उत्पिडनका व्यवहारहरूलाई नियन्त्रण गर्ने सम्वन्धमा हालसम्म नेपालमा कुनै कानुनको निर्माण नभएकोले, कार्यस्थलमा काम गर्ने श्रमजीवि महिला एवं अन्य कामदारहरूलाई मर्यादित एवं आत्मसम्मानपूर्वक, सुरक्षित वातावरणमा काम गर्न सक्ने वातावरणको श्रृजना गर्न वाञ्छनीय भएकोले, संसद ९संविधानसभा० ले ऐन नबनाएसम्म सर्वोच्च अदालतबाट देहाय बमोजिमको निर्देशिका बनाई जारी गरिएको छ ।’ तर यससम्बन्धी छुट्टै ऐन हालसम्म बनेको छैन ।

यस निर्देशिकाको दफा १५ अनुसार सम्बन्धित जिल्लाहरूले प्रमुख जिल्ला अधिकारी अध्यक्ष रहने गरी एक समिति गठन गर्नुपर्ने हुन्छ । यो समितिले पनि अनुगमन र कारबाही काम गर्न सक्छ । तर यसले पनि भेटाएको छैन, मनोरञ्जन क्षेत्र भित्रको डरलाग्दो अवस्थालाई ।

त्यसो त यस्तो विषयसँग सम्बन्धित कानुन नै नभएको पनि होइन । बालश्रम निषेध गर्ने कानुन छ । त्यसमा पनि ‘यौन व्यवसाय’ त नेपालको कानुन विरुद्ध हो । बालअधिकार वा बालश्रमको दृष्टिकोणबाट निकृष्ट काम । जुन गर्न र लगाउनै पार्इंदैन ।

मुलुकी ऐनदेखिकै व्यवस्था १६ वर्ष मुनिका किशोरी वा बालिकासँग सहमतिमै यौन सम्पर्क गरे पनि जबर्जस्ती करणी गरेको ठहरिन्छ । यस कानुनले पनि भेटेन ती संचालकरव्यवसायी र त्यहाँ आउने ‘ग्राहक’ हरूलाई ।

बरु यो क्षेत्रमा किशोरीहरू आउने क्रम झन् बढ्दो क्रममा रहेको बाल यौन शोषणको क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरू बताउँछन् । १० वर्षका बालिका समेत पुरुषको मनोरञ्जनका साधन बनिरहेका छन् ।

मनोरञ्जनका क्षेत्र भनिने होटेल, रेष्टुरेन्ट, दोहोरी साँझ, सानासाना खाजा घर, डान्स बार, गेष्टहाउसहरूले दिनुपर्ने सेवा भन्दा नदिनु पर्ने ‘यौन व्यवसाय’ लाई बढावा दिइरहेका छन् । यिनीहरूको अनुगमन र नियमनका लागि अब पनि बोल्नु पर्ने बेला भएन र ?-  साभार -महिला खवर

Loading...

Related News

भागबन्डा गरेर के काे गुणस्तरीय शिक्षाको सपना देख्ने ?: नारायणकाजी श्रेष्ठ

काठमाडौं, २५ मंसिर – कृषि तथा वन विज्ञान शिक्षामा निजीकरणमा अहिले जुन बहस सुरु भएको छ । यो कुरा समग्र…

विद्रोहबेगर लैङ्गिक समता सम्भव छ ?

–उषा थपलिया– २५ नोभेम्बर महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस र १० डिसेम्बर मानवअधिकार दिवस । यी दुई दिवसबीचको अवधिलाई ‘लैङ्गिक हिंसाविरुद्धको १६…

Comments are closed




मूलखबर मिडिया प्रालि / Regd. No:

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी